Logo

शनिवार, कार्तिक १ गते २०८३

images

आन्तरकि पर्यटन प्रबर्धनको लागि मेचि–महाकालि यात्रामा निस्केको पुष्कर शाहको समुह स्याङ्जामा   

आन्तरकि पर्यटन प्रबर्धनको लागि मेचि–महाकालि यात्रामा निस्केको पुष्कर शाहको समुह स्याङ्जामा   

  • निर्भीक नारायण भुर्तेल
  • शनिवार, कार्तिक २९ २०७७


  • आन्तरकि पर्यटन प्रबर्धनको लागि मेचि–महाकालि यात्रामा निस्केको पुष्कर शाहको समुह स्याङ्जामा   

    कार्तिक २९, स्याङ्जा । आन्तरिक पर्यटन प्रबर्धनको लागि मेचि महाकाली साइकल यात्रामा निस्केको विश्व साईकल यात्री पुष्कर शाहको समुह स्याङ्जा आइपुगेको छ । नेपाल साइकल उत्सवको १२ औं दिन शाहको टिम बुटवलबाट साइक्लिङ सुरु गरेर शुक्रबार साँझ स्याङ्जाको वालिङ आइपुगेको हो । 

    कोभिडले आक्रान्त पारेको नेपालको पर्यटनलाई पुनर्जिवन प्रदान गर्ने उद्देश्यले आन्तरिक पर्यटन प्रवर्धन गर्न  आफुहरुले साईकल यात्रा सुरु गरेको विश्व साइकल यात्री पुष्कर शाहले जानकारी दिनु भयो । 

    6 - Copy.jpg

    images


    १२ औँ दिन साँझ वालिङ आइपुगेका उनिहरुलाई वालिङ नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खाँणले स्वागत गर्नु भएको थियो । आफुहरुलाई साझँ बस्न र खानको व्यवस्था वालिङ नगरपालिकाले गरिदिएको शाहले बताउनु भयो । वालिङ नगरपालिकाले साइक्लिङको लागि ठुलो सहयोग गरेको समेत उहाँले बताउनु भयो । 

    5 - Copy.jpg

    पश्चिमको महेन्द्रनगरबाट सुरु भएको साइकलयात्रा ठाकुरद्वार, नेपालगन्ज, वीरेन्द्रनर, घोराही, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, वालिङ, स्याङ्जा, पोखरा, नारायणघाट्, हेटौडा, वीरगन्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान, विराटनगर, हुँदै काकडभित्तासम्म पुगी आन्तरिक पर्यटन प्रवर्धनको लागि नेपाल पर्यटन वोर्डको सन्देश प्रवाह गर्ने छ ।

    भिडियो

    शनिवार, कार्तिक २९ २०७७१०:४८:२८

    निर्भीक नारायण भुर्तेल

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend