Logo

शनिवार, कार्तिक १ गते २०८३

images

खो–खो विश्वकप पुरुषतर्फ पेरुलाई हराउँदै नेपालको पहिलो जीत आज ब्राजिलसँग खेल्दै

खो–खो विश्वकप पुरुषतर्फ पेरुलाई हराउँदै नेपालको पहिलो जीत आज ब्राजिलसँग खेल्दै

  • PNN Times
  • बुधवार, माघ २ २०८१


  • खो–खो विश्वकप पुरुषतर्फ पेरुलाई हराउँदै नेपालको पहिलो जीत   आज ब्राजिलसँग खेल्दै

    माघ–२, काठमाडौ  ।
    खो–खो विश्वकपको पुरुषतर्फ पेरुलाई हराउँदै नेपालले पहिलो जीत निकालेको छ । हिजो बेलुका भएको आफ्नो दोस्रो खेलमा नेपालले पेरुलाई ८०–३४ ले हराएको हो ।
    भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर हलमा अस्ति भएको उद्घाटन खेलमा नेपाल भारतसँग ४२–३७ ले पराजित भएको थियो । नेपाल रहेको समूह ‘ए’ मा भारत, पेरु, ब्राजिल र भुटान रहेका छन् ।
    नेपालले आज आफ्नो तेस्रो खेलमा बिहान ११ बजे ब्राजिलसँग खेल्दैछ । नेपालले समूह चरणको अन्तिम खेलमा भोलि भुटानसँग खेल्नेछ । खो–खो विश्वकपमा नेपालबाट महिला र पुरुष दुवै टोलीको सहभागिता छ ।
    महिला र पुरुष दुवैमा सहभागी टोलीलाई चार÷चार समूहमा विभाजन गरिएको छ । महिला र पुरुषको समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् ।
    नेपालको महिला टोलीले हिजो पहिलो खेलमा भुटानलाई ८३–२४ र दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले हराउँदै लगातार दोश्रो जीत निकाल्यो । नेपाली महिला टोलीले आज तेस्रो खेलमा दिउँसो साढे २ बजे श्रीलङ्कसँग खेल्दैछ ।
    भोलि समूह चरणको अन्तिम खेलमा बङ्गलादेशसँग खेल्नेछ । समूह ‘सी’ मा नेपालसहित, भुटान, जर्मनी, बङ्गलादेश र श्रीलङ्का छन् । दुवैतर्फको फाइनल खेल जनवरी १९ तारिख अर्थात् आउँदो आइतवार हुनेछ ।

    बुधवार, माघ २ २०८१०७:३४:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend