Logo

शनिवार, कार्तिक १ गते २०८३

images

खो–खो विश्वकप ः पुरुषतर्फ नेपालले ब्राजिललाई १३४–८ ले हरायो

खो–खो विश्वकप ः पुरुषतर्फ नेपालले ब्राजिललाई १३४–८ ले हरायो

  • PNN Times
  • बुधवार, माघ २ २०८१


  • खो–खो विश्वकप ः पुरुषतर्फ नेपालले ब्राजिललाई १३४–८ ले हरायो

    माघ–२,काठमाडौ ।
    खो–खो विश्वकपको पुरुषतर्फ नेपालले ब्राजिललाई फराकिलो अन्तरले हराएको छ । समूह ‘ए’ अन्तर्गत आज भएको खेलमा नेपालले ब्राजिललाई १३४–८ ले हरायो ।
    प्रतियोगितामा नेपालको यो दोस्रो जीत हो । हिजो भएको खेलमा नेपालले पेरुलाई हराएको थियो भने पहिलो खेलमा भारतसित पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा भोलि बिहीवार भुटानसँग खेल्नेछ ।
    यस्तै खो–खो विश्वकपको महिलातर्फ नेपालले आजै श्रीलङ्कासँग खेल्दैछ । महिलातर्फ नेपालले पहिलो खेलमा भुटान र दोस्रो खेलमा जर्मनीलाई हराएको थियो । नेपाली महिला टोलीले समूह चरणको अन्तिम खेलमा भोलि बङ्गलादेशसँग खेल्नेछ ।
    महिला र पुरुष दुवै टोलीलाई ४ वटा समूहमा विभाजन गरिएको छ । समूह चरणको खेलपछि शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल आउँदो आइतवार हुनेछ ।

    बुधवार, माघ २ २०८१०३:०५:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend