Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँमा माघ ६ र ७ गते क्षयरोग खोजपड्ताल शिविर हुने

पैयूँमा माघ ६ र ७ गते क्षयरोग खोजपड्ताल शिविर हुने

  • PNN Times
  • बिहिवार, माघ ३ २०८१


  • पैयूँमा माघ ६ र ७ गते क्षयरोग खोजपड्ताल शिविर हुने

    माघ ३, पर्वत । पर्वतको पैयूँ गाउँपालिकामा यही माघ ६ र ७ गते दुईदिने क्षयरोग खोजपड्ताल शिविर सञ्चालन हुने भएको छ । क्षयरोगको सम्पर्कमा रहेका जोखिमपूर्ण समूहलाई लक्षित गरी शिविर आयोजना गर्न लागेको पालिकाले सूचना मार्फत जानकारी दिएको छ । 

    विशेषज्ञ चिकित्सकहरूको टोलीले एआई प्रविधिमा आधारित डिजिटल पोर्टेबल आधुनिक मेसिनबाट छातीको एक्स–रे विधिबाट स्वास्थ्य परीक्षण गर्दै शिविर सञ्चालन गरिने छ ।

    images

    लाज र डरले रोग लुकाएर बस्न नहुने र सबै स्वास्थ्य संस्थाबाट निःशुल्क औषधि नियमित सेवन गरेमा समयमै रोग निको हुने भएकाले नडराउन, नआत्तिनु, र रोग नलुकाउन पालिकाले आग्रह गरेको छ । 
    क्षयरोगको औषधि सबै स्वास्थ्य संस्थाबाट निःशुल्क पाइने र चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गरेमा रोग निको हुनेछ । 

    “निरन्तर ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, वाकवाक हुने, र खकारमा रगत आउने जस्ता लक्षण देखिएमा स्वास्थ्यकर्मीसँग सल्लाह लिएर तुरुन्त उपचार गर्नु पर्ने छ । पालिकाले ६ गते हुवास बहुमुखी क्याम्पसमा र ७ गते पैयूँ बहुमुखी क्याम्पसमा शिविर संचालन गर्दै छ । 

    paiyun gapa Suchana.jpg

    बिहिवार, माघ ३ २०८१०२:०९:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend