Logo

शनिवार, कार्तिक १ गते २०८३

images

प्रथम अकला कप—२०८१ को उपाधि स्याङ्जाको चापाकोटले जित्यो

प्रथम अकला कप—२०८१ को उपाधि स्याङ्जाको चापाकोटले जित्यो

  • PNN Times
  • बिहिवार, माघ १० २०८१


  • प्रथम अकला कप—२०८१ को उपाधि स्याङ्जाको चापाकोटले जित्यो

    माघ ९, पाल्पा । 
    पाल्पाको रामपुर ७, आमडाँडा सञ्चालित प्रथम अकला कप—२०८१ सम्पन्न भएको छ । आमडाँमा यही ६ गतेदेखि अकला युथ क्लवद्वारा सञ्चालन गरिएको खुल्ला टोल स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको हो ।
    प्रतियोगिताको उपाधि मोहमी युवा क्लव चापाकोट ६ स्याङ्जाले  जितेको छ । लाङ्घाली उत्थान समाज पूर्वखोला १ सिलुवालाई सोझो सेटमा हराउँदै मोहमी युवा क्लवले उपाधि हात पारेको हो । यस्तै जेवाईसि युथ क्लबलाई २–० को सोझो सेटमा हराउँदै मकैडाँडा युवा क्लवले तृतीय स्थान हासिल गरेको छ । योसंँगै विजेता,उपविजेता र तृतीय हुने समूहले नगद ३० हजार ,२० हजार र १० हजार नगदसहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
    विजयी समूहलाई पुरस्कार वितरण गर्दै रामपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख तथा उपप्रमुख बालकुमारी थापाले टोल टोलमा हुने विभिन्न खेलकुद प्रतियोगिताले स्थानीय स्तरमा रहेका खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सघाउ पुगेको बताउनुभयो । उहाँले स्थानीय स्तरमा हुने प्रतियोगिता खेलाडीका लागि भविष्यको मार्गदर्शक भएको बताउनुभयो । साथै खेलले अनुशासनसंँगै सभ्य नागरिक बन्न सघाउ पु¥याउने नगर उप प्रमुख थापाले उल्लेख गर्नुभयो । सीमित स्रोत र साधनका बीच पनि क्लबले खेलकुदलाई उच्च प्राथमिकता दिएकोमा धन्यवाद दिंदै खेलाडीलाई उच्च मनोबलकासाथ खेलमा लाग्न आग्रह गर्नुभयो ।
    प्रतियोगितामा विभिन्न  विधागत पुरस्कारसमेत प्रदान गरिएको थियो । माघ ६ गते देखि भएको खुल्ला टोल स्तरीय पुरुष भलिबल प्रतियोगितामा १७ समूहको सहभागीता रहेको थियो । 

    बिहिवार, माघ १० २०८१०८:०१:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend