Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँमा अर्धवार्षिक प्रगति समीक्षाः समृद्धि र सुधारतर्फको प्रतिबद्धता

पैयूँमा अर्धवार्षिक प्रगति समीक्षाः समृद्धि र सुधारतर्फको प्रतिबद्धता

  • PNN Times
  • शुक्रवार, माघ ११ २०८१


  • पैयूँमा अर्धवार्षिक प्रगति समीक्षाः समृद्धि र सुधारतर्फको प्रतिबद्धता

    माघ १०,पर्वत । पर्वतको पैयूँ गाउँपालिकाले अर्धवार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न गरेको छ । बिहीबार गाउँपालिकाको सभाहलमा आयोजित गोष्ठीमा विभिन्न सेवा प्रदायक शाखाहरूले आ–आफ्ना प्रगति विवरण प्रस्तुत गरेका थिए ।
    गोष्ठीमा शिक्षा तथा खेलकुद, कृषि तथा पशुपंक्षि, स्वास्थ्य, राजस्व, पूर्वाधार, योजना, र प्रधानमन्त्री रोजगा लगायतका शाखाहरूबाट २०८१/८२ को अर्धवार्षिक  तथा २०७९–८०/८१ मा सञ्चालन गरिएका कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

    समीक्षा कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले समग्र विकास र नागरिक सेवाको गुणस्तरलाई थप सुधार गर्न निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाको स्रोत र साधनलाई प्रभावकारी रूपमा परिचालन गर्दै, योजनाहरूको समयमै कार्यान्वयन र दिगो विकासको सुनिश्चिततामा केन्द्रित हुने छौं ।”

    images

    raj malla.jpg

    गाउँपालिकाका उपाध्यक्ष याम कुमारी रानाले जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर नीति तथा योजना निर्माण गरिएको बताउनुभयो । उहाँले “हामी सबै शाखाहरूबीच समन्वयात्मक काम गर्दै समग्र गाउँपालिकाको विकासमा एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनु भयो ।”

    त्यस्तै कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले अर्धवार्षिक प्रगति विवरणले गाउँपालिकाको लक्ष्यप्राप्तिका लागि उठाउनुपर्ने थप कदमहरूको स्पष्ट मार्ग देखाएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक शाखाले देखाएका उपलब्धिहरू र चुनौतीहरूको समाधानका लागि नीतिगत र कार्यान्वयन स्तरमा सहकार्य गर्न आवश्यक छ ।”

    गोष्ठीमा वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, शाखा प्रमुखहरू लगायत कर्मचारीहरुको उपस्थितिमा गाउँपालिकाको कार्य सम्पादनलाई अझ प्रभावकारी बनाउन आवश्यक कदमहरूबारे छलफल गरिएको थियो ।
    गोष्ठीले आगामी दिनमा योजना कार्यान्वयनलाई थप प्रभावकारी बनाउँदै नागरिक सेवाको गुणस्तरमा सुधार ल्याउने निष्कर्ष निकालेको छ ।

    yan.jpg

    शुक्रवार, माघ ११ २०८१०८:४१:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend