माघ २१, वालिङ ।
स्याङ्जाको वालिङमा सञ्चालन गरिएको सेवेन ए साइड लिग फुटबल प्रतियोगिता—२०८१ को उपाधी भूपू सैनिक आवासीय मावि वालिङले जितेको छ ।
वालिङ युनाइटेड क्लवले पहिलो पटक सञ्चालन गरेको १४ वर्ष उमेर समूहको अन्तर स्कुल युथ लिग फुटबल प्रतियोगिताको उपाधी भूपू सैनिक आवासीय मावि वालिङले जितेको हो । भूपूसैनिक वालिङ र ज्ञानोदय आवासीय माविबीच भएको फाइनल खेल अत्यन्त प्रतिष्पर्धात्मक भएको थियो । निर्धारित समयमा कुनै टीमबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा सम्पन्न गरिएको हो । पेनाल्टीमा ३ का विरुद्ध ४ गोल गर्दै भूपूसैनिक वालिङले उपाधी चुमेको हो ।
यसैगरी पूर्णामृत भवानी मावि वालिङ तृतीय भएको छ । योसँगै प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टीमले नगद रु.४० हजार, २० हजार १० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेकाछन् ।
वालिङस्थित खेलमैदान (माले बगर) मा पुस २९ देखि प्रतियोगिता सञ्चालन गरिएको थियो ।