Logo

शनिवार, कार्तिक १ गते २०८३

images

श्री पञ्चमीको अवसरमा पैयूँका दुई विद्यालयमा सरस्वती मूर्ति स्थापना

श्री पञ्चमीको अवसरमा पैयूँका दुई विद्यालयमा सरस्वती मूर्ति स्थापना

  • PNN Times
  • मंगलवार, माघ २२ २०८१


  • श्री पञ्चमीको अवसरमा पैयूँका दुई विद्यालयमा सरस्वती मूर्ति स्थापना

    पैयूँ, २०८० माघ - श्री पञ्चमीको पावन अवसरमा पैयूँ गाउँपालिकाका दुई विद्यालयमा विद्या र ज्ञानकी देवी सरस्वतीको मूर्ति स्थापना गरिएको छ। पैयूँ-२ त्रिवेणीस्थित श्री निर्मल जनसेवा माध्यमिक विद्यालय र पैयूँ-५ क्यामुनेस्थित श्री क्यामुने भञ्ज्याङ्ग माध्यमिक विद्यालयमा मूर्ति स्थापना गरिएको हो।

    यस ऐतिहासिक अवसरमा दुबै विद्यालयका संस्थापक स्वर्गीय काशीनाथ न्यौपानेको स्मृतिमा उनका छोरा यज्ञ प्रसाद न्यौपाने र नातिहरू अर्जुन न्यौपाने, अशोक किरण न्यौपाने, तथा अनिल कमल न्यौपाने द्वारा मूर्ति स्थापना गरिएको हो। परिवारले स्वर्गीय काशीनाथ न्यौपानेको योगदान स्मरण गर्दै, शिक्षाको क्षेत्रमा उहाँको सपना साकार पार्ने उद्देश्यले सरस्वतीको मूर्ति स्थापना गरिएको बताए ।

    परिवारका अनुसार, “हजूरबुवाले शिक्षालाई सधैं प्राथमिकता दिनुहुन्थ्यो, उहाँको नाममा विद्यालयहरूमा सरस्वती मूर्ति स्थापना गर्न पाउनु हाम्रो लागि सम्मानको विषय हो। यो कार्यले विद्यार्थीहरूलाई ज्ञानको मार्गमा प्रेरित गर्ने विश्वास लिएका छौं।”

    कार्यक्रममा विद्यालय परिवार, विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको थियो। मूर्ति स्थापनासँगै विद्यालयमा भजन-कीर्तन तथा विशेष पूजाको आयोजना गरिएको थियो।

    पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी, उपाध्यक्ष याम कुमारी रानी, प्रमुख प्रशासकीय अधिकृत जीवन गैरे, तथा वडाध्यक्षहरूले स्वर्गीय काशीनाथ न्यौपानेको योगदानको स्मरण गर्दै, “यस्ता धार्मिक तथा सांस्कृतिक गतिविधिहरूले समाजमा सकारात्मक प्रभाव पार्छन् र शिक्षाको महत्वलाई अझ मजबुत बनाउँछन्,” भन्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको छ।

    images

    a9ad614d-a58f-4bc0-90b8-e414a7d49b62.jpg

    मंगलवार, माघ २२ २०८११०:१५:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend