Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नेय्मारले तिन ओटा बालोन डी’ओर जित्नेछन्: रिभाल्डो !!

नेय्मारले तिन ओटा बालोन डी’ओर जित्नेछन्: रिभाल्डो !!

  • PNN Times
  • बुधवार, श्रावण २१ २०७७


  • नेय्मारले तिन ओटा बालोन डी’ओर जित्नेछन्: रिभाल्डो !!

    फ्रेन्च क्लब पी.एस.जीमा आवर्द नेय्मारले गरिमामय अवार्ड बालोन डी’ओर ३ पटक जित्न सक्ने दाबी ब्राजिलका रिभाल्डोले गरेका छन् ।

    विश्व कीर्तिमानी मुल्यमा नेय्मार पीएसजी पुगेका थिए । नेयमारले पीएसजीका लागि ८१ खेल खेल्दै ७० गोल गरेका छन् । त्यस्तै उनले तीन सिजन नै लिग च्याम्पियनको पदक समेत जिते ।

    images

    तर, चोटपटक र अनुशासनको समस्या झेलेका उनले सिजनको प्रारम्भिक चरणमा टोलीमा फर्किन निकैनै संघर्ष गर्नु परेको थियो । उनले पीएसजीका लागि विश्व कीर्तिमानी मुल्यको पूर्ण रूपमा न्याय गर्न सकेको आरोप लागेको छ ।

    सिजन २०१८–१९ पछि उनी पीएसजीमा असन्तुस्ट पोख्दै बार्सिलोना फर्किने बताए । तर, उनी स्पेनिश च्याम्पियन क्लबसँग अन्तिमा अनुबन्ध रकममा सहमत हुन नसकेपछि उनी पीएसजीमै रहन बाध्य भए ।

    “नेमारले आफ्नो फुटबलमा ध्यान केन्द्रित गरिरहेको छन् । उनको दृष्टिकोण अहिले ठीक छ । यसले पीएसजीलाई अन्य प्रतियोगितामा च्याम्पियन बनाउन सक्छ,” पूर्व ब्राजिल तथा बार्सिलोनाका मिडफिल्डर रिभाल्डोले भने, “उनी २८ वर्षका भइसके । त्यसैले उनले फेरि सनसनी खेलाडी बन्ने विषयमा ध्यान केन्द्रित गरेको जस्तो देखिन्छ । जुन सजिलैसँग मेरो दृष्टिकोणमा उनी दुई वा तीन बालोन डि’ओर दावी गर्न सक्दछन् ।”

    उनले थपे, “एक खेलाडीको लागि फुटबलमा ध्यान केन्द्रित गर्न त्यति सजिलो भने छैन् । किनकि उनीहरु धेरै आवाज र व्याकुलताले घेरिएका छन् । तर नेमार अहिले आफ्नो व्यवहारमा बढी नियन्त्रित देखिन्छन् ।”

     

    बुधवार, श्रावण २१ २०७७०३:४५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend