फागुन २०,पर्वत । पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर २ मा रहेको गाउँवेषि कृषक समूहले स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउँदै किसानहरूलाई आर्थिक रूपमा सबल बनाउने कार्य गरिरहेको छ । २०७८ सालमा स्थापना भएको यस समूहले किसानहरूलाई संगठित गर्दै उत्पादन वृद्धि र बजार व्यवस्थापनमा ध्यान केन्द्रित गर्दै आएको छ ।
समूहका अध्यक्ष हुमलाल अधिकारीका अनुसार, हालसम्म समूहले अदुवाः ३० क्विन्टल,बेसारः २५ क्विन्टल,मकैः १० क्विन्टल र आलुः ४० क्विन्टल परिमाणमा कृषिजन्य उत्पादनको कारोबार गरेको छ । समूहले गरेका यी उत्पादनहरू फलेवास, वालिङ, जलजला लगायतका स्थानीय बजारहरूमा निर्यात भइरहेका छन् । याे वर्ष मात्रै समूहले करिब तीन लाख बराबरकाे उत्पादन निर्यात गरेकाे छ ।
समूहले किसानहरूलाई उचित मूल्यमा उत्पादन बिक्री गर्ने अवसर प्रदान गर्दै आएको छ, जसले गर्दा उनीहरूको आर्थिक अवस्था सुधार भइरहेको अध्यक्ष अधिकारीले जानकारी दिनु भयो ।
स्थानीय उत्पादनलाई प्राथमिकता...
गाउँवेशी कृषक समूहले किसानहरूलाई स्थानीय उत्पादनलाई प्राथमिकता दिन र व्यावसायिक कृषि प्रणाली अपनाउन प्रेरित गर्दै आएको छ । बजारको मागअनुसार उत्पादन वृद्धिमा जोड दिइँदा कृषकहरूलाई थप प्रोत्साहन मिलेको छ ।
समूहको आगामी योजना...
कृषक समूहले आगामी दिनमा उत्पादनलाई वृद्धि गर्दै निर्यात क्षेत्रलाई अझ विस्तार गर्ने लक्ष्य राखेको छ । अध्यक्ष अधिकारीका अनुसार, स्थानीय बजारसँगै ठूला शहरहरूमा समेत उत्पादन पु¥याउने योजनामा समूह जुटेको छ । स्थानीयस्तरमै कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने प्रयासले किसानहरूलाई आत्मनिर्भर बनाउने मात्र नभई, गाउँको समग्र आर्थिक वृद्धिमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ ।