Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँमा अटो रिक्सा तथा ई–रिक्साको नयाँ भाडादर, गाउँमा जाने भाडा अझै मनपरि

पैयूँमा अटो रिक्सा तथा ई–रिक्साको नयाँ भाडादर, गाउँमा जाने भाडा अझै मनपरि

  • PNN Times
  • मंगलवार, फाल्गुण २० २०८१


  • पैयूँमा अटो रिक्सा तथा ई–रिक्साको नयाँ भाडादर, गाउँमा जाने भाडा अझै मनपरि
    फागुन २०,पर्वत । पैयूँ गाउँपालिकाले स्थानीय यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन अटो रिक्सा तथा ई–रिक्साका लागि नयाँ भाडादर निर्धारण गरेको छ। गाउँपालिकाको टेम्पो, अटो रिक्सा, र ई–रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियम सम्बन्धी समिति द्वारा सम्पन्न २०८१ फागुन २० गतेको बैठकले विभिन्न गन्तव्यहरूको न्यूनतम भाडादर निश्चित गरेको हो।
     
    भाडादर एकरूपता कायम गर्दै न्यूनतम भाडादर रु. ५०..

    समितिले पैयूँ गाउँपालिकाभित्र सञ्चालित अटो तथा ई–रिक्साहरूको भाडादरमा एकरूपता कायम गर्न रु. ५० देखि रु. २०० सम्मको भाडा निर्धारण गरेको छ। यससँगै, सबै गन्तव्यहरूको लागि उपयुक्त भाडा निर्धारण गरेर यात्रुहरूको सन्तुलित सेवा सुनिश्चित गरिएको छ।
     
    यात्रु संख्या अनुसार भाडादर..

    गाउँपालिकाले यात्रु संख्यालाई ध्यानमा राख्दै यदि एक जना मात्र यात्रा गर्ने भए तीन जनाको भाडा तिर्नुपर्ने नियम लागू गरेको छ। यसले चालकहरूलाई न्यूनतम आम्दानी सुनिश्चित गर्ने र यात्रुहरूलाई उचित सेवा प्रदान गर्ने उद्देश्य राखेको छ।
     
    स्थानीय यातायात व्यवस्थापनलाई सहज बनाउने प्रयास..

    गाउँपालिकाले नयाँ भाडादर व्यवस्था लागू गर्नुको उद्देश्य यात्रुहरूलाई उचित मूल्यमा सेवा उपलब्ध गराउनुका साथै चालकहरूलाई व्यवसायिक रूपमा टिकाइराख्ने वातावरण तयार पार्नु हो।
     
    कच्ची सडकका लागि भाडादर निर्धारण नगर्दा यात्रुमा असन्तुष्टि...

    पैयूँ गाउँपालिकाले पक्की सडकका बाहेक गाउँ गाउँमा जाने कच्ची सडकका लागि भाडादर भने कायम गरेको छैन। यसले गर्दा कच्ची सडकमा यात्रा गर्ने अटो रिक्सा चालकहरूले मनपरी भाडा लिने गुनासा नागरिककाे आएको छ। कच्ची सडकको अवस्था र दूरीको आधारमा चालकहरूले भाडा बढाएर लिनुका साथै यसले यात्रुहरूको असन्तुष्टि  पनि बढाएको छ।
     
    स्थानीय नागरिकहरूको अनुसार, कच्ची सडकका लागि भाडादर निर्धारण नगर्नु भनेको चालकहरूलाई अनुशासनमा राख्न र उचित भाडा निर्धारण गर्न कुनै स्पष्ट दिशा-निर्देश नदिएको जस्तो भएको छ। यसले गर्दा यात्रुहरूले उचित सेवा पाउने विश्वास गुमाएका छन् भने, चालकहरूका लागि पनि एकरूपता र पारदर्शिता चाहिएको बताएका छन्।
     
    गाउँपालिकाले कच्ची सडकका लागि भाडादर निर्धारण गरेर यातायात व्यवस्थापनमा सुधार ल्याउने प्रयास गर्नु आवश्यक रहेको स्थानीय सरोकारवालाले जनाएका छन्। 
     
    गाउँपालिकाले आगामी दिनमा यो निर्णयको कार्यान्वयन प्रभावकारी ढंगले गराउने प्रतिबद्धता जनाएको छ। साथै, कुनै समस्या वा आवश्यकताअनुसार भाडादर परिमार्जन गर्न सकिने संकेत समेत गरेको छ। यस नयाँ भाडादर व्यवस्थाले स्थानीय यातायात सेवा प्रदायक र यात्रु दुवैलाई लाभ पुर्याउने विश्वास गरिएको छ।
     
    यस्ताे छ गाउँपालिकाले निर्धारण गरेको नयाँ भाडादर....
    Auto Vadadar.jpg

    मंगलवार, फाल्गुण २० २०८१०८:४०:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend