Logo

शनिवार, कार्तिक १ गते २०८३

images

प्रथम पिङ्कसिटी महोत्सवको थप आकर्षण बन्यो भलिबल

प्रथम पिङ्कसिटी महोत्सवको थप आकर्षण बन्यो भलिबल

  • गोपाल जिटी
  • मंगलवार, फाल्गुण २७ २०८१


  • प्रथम पिङ्कसिटी महोत्सवको थप आकर्षण बन्यो भलिबल

    फागुन २७, वालिङ ।
    स्याङ्जाको वालिङमा रहेको खेलमैदान यही फागुन २१ देखि प्रथम पिङ्कसिटी महोत्सव—२०८१ चलिरहेको छ । विगतका वर्षदेखि नै वालिङमा सञ्चालन गरिने मेला महोत्सवमा दर्शकहरुको आगमन राम्रो हुने विशेषता छ । यस पटक चेम्वर अफ कमर्श वालिङले आयोजना गरेको पिङ्कसिटी महोत्सवमा पनि सुरुका दिनदेखि  नै दर्शकहरुको उल्लेख्य उपस्थिती हुदै आएको छ ।IMG_3575.JPG
    विभिन्न प्रतियोगितात्मक कार्यक्रमको साथमा दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुतिले दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्दै आएको छ । यसको साथमा युवाहरुकाबीच लोकप्रिय खेल भलिबल प्रतियोगिता थप आकर्षण बनेको छ । प्रतियोगिता महोत्सव सञ्चालनको छैटौं दिन सोमबारदेखि सुरु गरिएको हो । राष्ट्रिय खेलाडीहरुसमेत समावेस गरिएको पालिका स्तरीय खुल्ला भलिबल प्रतियोगितामा ६ टिमले सहभागिता जनाएका छन् । दोस्रो दिन भलिबल प्रतियोगिता पसिरमा बनाइएको प्यारापिट दर्शकहरुले भरिभराउ भएको थियो । 
    खुल्ला भलिबल प्रतियोगितामा वालिङ, भीरकोट, गल्याङ, चापाकोट नगरपालिका र दुई पालिकाहरु बिरुवा र काली गण्डकी गाउँपालिकाका टीमले प्रतिस्पर्धामा उत्रिएका छन् । 
    वालिङ नगरपालिका र चापाकोटबीच भएको उद्घाटन खेलमा वालिङले जीतको सुरुवात गरेको थियो । यसैगरी आज प्रतियोगिताको दोस्रो दिन चार खेल सम्पन्न भएका छन् । लिग सिस्टममा खेलाइएको खेलमा गल्याङ र भीरकोटबीच भएको प्रतिस्पर्धामा गल्याङ नगरपालिकाको टीमले जीत निकालेको छ । यसैगरी कालीगण्डकीलाई हराउँदै बिरुवाले विजययात्रा सुरु गर्दा वालिङले भीरकोटलाई पछि पार्दै दोस्रो जीत निकाल्न सफल भएको छ । आज भएको चौथो खेलमा चापाकोटमाथि जीत निकाल्दै बिरुवा गाउँपालिकाको टीमले पनि विजययात्राको दोस्रो स्टेप अगाडि बढाएको छ । 
    भलिबल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टीमले क्रमशः १ लाख ५५ हजार, १ लाख ५ हजार, ५५ हजार र २५ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ । यसैगरी विधागतरुपमा पनि खेलाडीहरुलाई पुरस्कार प्रदान गनिने आयोजकले जनाएको छ ।IMG_3576.JPGIMG_3588.JPG

    मंगलवार, फाल्गुण २७ २०८१०७:१९:२३

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend