Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कालिगण्डकी गाउँपालिका गुल्मीको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

कालिगण्डकी गाउँपालिका गुल्मीको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

  • PNN Times
  • बिहिवार, फाल्गुण २९ २०८१


  • कालिगण्डकी गाउँपालिका गुल्मीको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

    गुल्मी – कालिगण्डकी गाउँपालिका गुल्मीको दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।

    सार्वजनिक सुनुवाई कार्यक्रममा एकसय भन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको थियो। सहभागीमध्ये १४ जनाले ४५ भन्दा बढी प्रश्न, जिज्ञासा तथा सुझावहरू प्रस्तुत गर्नुभएको थियो।

    images

    कार्यक्रममा गाउँपालिकाका अध्यक्ष वेद बहादुर थापा, उपाध्यक्ष मन्जु कुमारी दर्लामी र प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले सहभागीहरूको प्रश्नहरूको जवाफ दिनुभएको थियो। उहाँहरूले गाउँपालिकाले गरेका कार्यहरू, आगामी योजना तथा देखिएका चुनौतीहरूबारे स्पष्ट पार्दै जनतासँग निरन्तर संवादका लागि सार्वजनिक सुनुवाई जस्ता कार्यक्रमहरू प्रभावकारी माध्यम हुने बताउनुभएको थियो।

    IMG_9122.jpeg

    गाउँपालिकाले आफ्नो कामकारबाहीलाई अझ प्रभावकारी बनाउनका लागि आयोजित यस कार्यक्रममा उपस्थित सरोकारवालाहरूले रचनात्मक आलोचना, अमूल्य सल्लाह तथा महत्वपूर्ण सुझावहरू प्रदान गर्नुभएको थियो।

    IMG_9126.jpeg

    गाउँपालिकाले कार्यक्रममा सहभागिता तथा योगदान गर्ने सम्पूर्ण सरोकारवालाहरूलाई  आभार व्यक्त गरेको छ ।

    IMG_9127.jpeg

    बिहिवार, फाल्गुण २९ २०८१०८:१८:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend