Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सबै वडा पूर्णखोप तथा दिगोपना घोषणा गर्ने पैयूँ गाउँपालिका जिल्लामै पहिलाे

सबै वडा पूर्णखोप तथा दिगोपना घोषणा गर्ने पैयूँ गाउँपालिका जिल्लामै पहिलाे

  • PNN Times
  • आइतवार, बैशाख ७ २०८२


  • सबै वडा पूर्णखोप तथा दिगोपना घोषणा गर्ने पैयूँ गाउँपालिका जिल्लामै पहिलाे
    वैशाख ०७, पर्वत ।  पर्वतको पैयूँ गाउँपालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।
     
    गाउँपालिकाले १६ देखि ५९ महिनासम्मका बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप लगाई पूर्ण खोप पाएको सुनिश्चित गरिएको हुँदा पूर्ण खोपयुक्त वडा घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष एवं पूर्ण खोप समन्वय समिति संयोजक तोरणमल्ल ठकुरीले जानकारी दिनुभयो। अध्यक्ष मल्लले सबैको प्रयासबाट गाउँपालिकाका ७ वटै वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएकोमा धन्यवाद प्रकट गर्नुभयो।
     
    8bd10d23-fdee-4683-b303-a61bc69c121b.jpg
     
    गाउँपालिकाका उपाध्यक्ष याम कुमारी रानाले पनि पूर्ण खोप सुनिश्चितता अभियान सफल बनाउनमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, आमाबाबु र स्थानीय समुदायको सक्रियता प्रमुख भएको बताउनु भयो। उहाँले भन्नुभयो, “बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सबैको साथ र सहभागिता जरूरी छ। यस अभियानले हाम्रो पालिकामा बाल अधिकारको रक्षा र समुदायको स्वास्थ्य चेतना अभिवृद्धिमा नयाँ ढोका खोलेको छ।”
     
    46b16e88-bab4-4903-9cf3-cf2566f18f76.jpg
     
    जिल्लाका सबै स्थानीय तहमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा अभियान संचालन भइरहेका बेला, सबै वडाहरू पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने पहिलो गाउँपालिका बनेको स्वास्थ्य कार्यालय पर्वतका नारायण रेग्मीले बताउनुभयो।
     
    रेग्मीका अनुसार, बाल मृत्युदर घटाउने उद्देश्यका साथ १५ महिनाभित्रका बालबालिकालाई १४ वटा रोगविरुद्ध ९ वटा खोपहरू दिइन्छ। पैयूँका वडाहरूमा सबै खोपका सूचकाङ्क पूरा भएकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
    f8e62663-3840-46a0-83c1-255e6d822552.jpg

    आइतवार, बैशाख ७ २०८२०८:५६:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend