मङ्सिर १३,वालिङ। स्याङ्जामा पहिलो पटक पत्रकारलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
नेपाल पत्रकार महासंघ स्याङ्जाका सचिव सुशिल सुवेदीलाई शुक्रबार कोरोना पोजेटिभ भएको हो । वालिङ १० का ३० वर्षीय सुवेदीलाई सामान्य रुघा देखिएपछि विगत ५ दिनदेखि होम आईशोलेसनमै हुनुहुन्थ्यो ।
हाल होम आईशोलेसनमै रहनुभएका सुवेदीले छिट्टै कोरोनालाई परास्त गर्ने बताउनुभएको छ ।
दिनहुँ तातो पानी, तुलसी, अदुवा पानी, गुर्जोको रस, झोलिलो पदार्थहरु खाईरहेको उहाँले बताउनुभयो । नेपाल टेलिभिजनका स्याङ्जा संवादाता समेत रहनुभएका सुवेदी थाहा खबर, सिनेकला डटकम, मेरो दृष्टिमा समेत आवद्ध रहनुभएको छ ।