Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँ गाउँपालिकाले गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने

पैयूँ गाउँपालिकाले गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने

  • गोपाल जिटी
  • सोमवार, आषाढ ९ २०८२


  • पैयूँ गाउँपालिकाले गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने

    पर्वत — पैयूँ गाउँपालिका, पर्वतले गर्भवती महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रममा उक्त सेवा समावेश गरिएको हो।गाउँसभाको १६ औं अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले गर्भवती महिलाहरूका लागि सुरक्षित मातृत्व सेवामा पहुँच सुनिश्चित गर्न एम्बुलेन्स सेवा सुरु गरिने जानकारी दिनुभयो। यो कार्यक्रम पैयूँ आधारभूत अस्पतालमा जाँच गराइसकेका र थप उपचारका लागि अन्य अस्पतालमा सिफारिस (रिफर) भएका गर्भवती महिलाहरूलाई लक्षित गरि लागू गरिने छ। सेवा २०८२  साउन महिना देखी लागू गरिने र सोही अनुसारको बजेट पनि व्यवस्था गरिने पालिकाले जनाएको छ।पालिकाले मातृ-शिशु स्वास्थ्य सुधार गर्न यो कार्यक्रम प्रभावकारी हुने विश्वास लिएको छ।

    सोमवार, आषाढ ९ २०८२१२:५३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend