Logo

शनिवार, कार्तिक १ गते २०८३

images

बिरुवा गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

बिरुवा गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

  • गोपाल जिटी
  • बिहिवार, आषाढ १९ २०८२


  • बिरुवा गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

    असार १९ वालिङ ।
    स्याङ्जाको बिरुवा गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।IMG_1540.JPG
    गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले कार्यक्रमको उद्देश्य र गाउँपालिकाको कार्यप्रगतिबारे विस्तृत जानकारी दिनुभएको थियो ।IMG_1528.JPG
    उपाध्यक्ष भगवती शर्माले कार्यक्रमको स्वागत मन्तव्य दिँदै गाउँपालिकाले समावेशिता, पारदर्शिता र जवाफदेहिताका आधारमा स्थानीय तहमा सेवा प्रवाह गर्न कटिबद्ध रहेको बताउनुभयो ।
    सुनुवाइ कार्यक्रममा पालिकाले चालू आर्थिक वर्षमा गरेका प्रमुख काम, बजेटको खर्च अवस्था, विकास निर्माणका योजना, शिक्षा, स्वास्थ्य, कृषि, सडक तथा सामाजिक क्षेत्रका उपलब्धी र चुनौतीहरू प्रस्तुत गरिएको थियो ।
    कार्यक्रममा पावर न्युज नेटवर्क प्रा.लि., पैयुँ–५, पर्वतका तर्फबाट गोपाल जिटीले सहजकर्ताको भूमिका निर्वाह गर्दै कार्यक्रमलाई समन्वयपूर्ण र सहभागीमूलक बनाउनु भएको थियो ।
    गाउँपालिकाका वडाध्यक्षहरू, वडा सचिवहरू, विभिन्न टोल विकास संस्था, स्थानीय संघसंस्थाका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य संस्था प्रमुख, महिला, युवा, पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो ।
    कार्यक्रममा सहभागीहरूले गाउँपालिकाले गरेका कार्यहरूको प्रशंसा गर्दै आगामी दिनमा झनै प्रभावकारी ढंगमा सेवा प्रवाह गर्न सुझाव र सल्लाह प्रदान गरेका थिए ।

    कार्यक्रममा अध्यक्ष कुँवरले सहभागीहरुको जिज्ञासा तथा गुनासाहरुको सम्वोधन गर्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
    गाउँपालिकाले जनताको सूचनामा पहुँच, स्थानीय विकासमा नागरिक सहभागिता र गुनासो समाधान प्रणालीलाई सुदृढ गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।IMG_1544.JPG

    images

    बिहिवार, आषाढ १९ २०८२०७:१८:५५

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend