Logo

शनिवार, कार्तिक १ गते २०८३

images

मन्री अर्यालद्वारा स्याङजामा एकै दिन ३ अस्पतालको शिलान्यास

मन्री अर्यालद्वारा स्याङजामा एकै दिन ३ अस्पतालको शिलान्यास

  • PNN Times
  • सोमवार, मंसिर १५ २०७७


  • मन्री अर्यालद्वारा स्याङजामा एकै दिन ३ अस्पतालको शिलान्यास
    मंसिर १५, स्याङ्जा ।  भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले स्याङजामा तीन अस्पतालको शिलान्यास गर्नु भएको छ । मन्त्रीअर्यालले स्याङ्जाको वालिङ, गल्याङ र भीरकोटमा गरी तीनवटा अस्पतालको एकै दिन शिलान्यास गर्नु भएको हो ।
     
    ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्य सहित सोमबार सरकारले सातै प्रदेशमा एकैपटक तीन सय ९६ आधारभूत अस्पतालको शिलान्यास गरिएको  मन्त्री अर्यालले बताउनु भयो ।
     
    सराकारले नागरिकको स्वास्थ्य क्षेत्रमा ध्यान दिएको उल्लेख गर्दै मन्त्री अर्यालले अब कोही पनि नागरिक उपचार नपाएर मर्न बाध्य हुनु नपर्ने बताउनुभयो । त्यसैले हामीले स्वास्थ्य बिमा समेत लागु गरेका छौ । सरकारले स्वास्थ्य क्षेत्रमा ठुलो क्रान्ति सुरु गरीसकेको छ र आजको दिन नेपाली नागरिकका लागि ऐतिहासिक र स्वास्थ्य क्षेत्रमा ठुलो क्रान्तिको दिन भएको मन्त्री अर्यालले बताउनु भयो  ।
     
     
    मन्त्री अर्यालले वालिङमा १५, गल्याङमा १५ र भीरकोटमा १५ शैयाको अस्पताल शिलान्यास गर्नु भएको हो ।  वालिङमा १५ शैयाको अस्पताल उद्घाटन गरे पनि छिटै ५० शैयाको बनाउने मन्त्री अर्यालले उद्घोष गर्नु भयो ।
     
    अहिलेसम्म अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल बनाउन लागिएको हो । जसअन्तर्गत देशभर पाँच शैयाको ५२, १० शैयाको एक सय नौ र १५ शैयाका ३५ अस्पताल बनाइनेछन् । दुई वर्षभित्र सबै अस्पताल निर्माण गरेर सञ्चालन ल्याउने सरकारको योजना छ ।
     
    देशभरका तीन सय ९६ स्थानीय तहमा भवन निर्माणका लागि यो वर्ष ६ अर्ब १२ करोड २६ लाख निकासा गरिएको छ । 

    सोमवार, मंसिर १५ २०७७०३:००:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend