मंसिर १५, पैयूँ । पर्वतको पैयूँमा अस्पतालको शिलान्यास गरिएको छ। पैयूँ गाउँपालिकाले वडा नम्बर ४ मा १० शैयाको आधारभूतअस्पतालको शिलान्यास गरेको हो ।
ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सोमबार सरकारले सातै प्रदेशमा एकैपटक तीन सय ९६ आधारभूतअस्पतालको शिलान्यास गर्ने कार्यक्रम अन्तर्गत गाउँपालिकाले १० शैया को अस्पताल शिलान्यास गरेको हो ।
वटा नम्बर ४ को पाट्नेथरमा १० शैयाको अस्पताल बनेपछि दक्षिण पर्वतका नागरिकलाई स्वास्थ्य क्षेत्रमा ठुलो सुविधा पुग्ने विश्वासगाउँपालिकाको छ ।
अस्पतालको शिलान्यास गाउँपिलाका अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समितिका उपप्रमुख, वडा अध्यक्षहरु, पार्टी नेताहरु लगायतलेगर्नु भएको थियो ।