Logo

शनिवार, कार्तिक १ गते २०८३

images

रोटरी क्लव अफ वालिङको १० औं पदस्थापन, साथमा वृक्षारोपण

रोटरी क्लव अफ वालिङको १० औं पदस्थापन, साथमा वृक्षारोपण

  • गोपाल जिटी
  • शनिवार, श्रावण ११ २०८२


  • रोटरी क्लव अफ वालिङको १० औं पदस्थापन, साथमा वृक्षारोपण

    साउन १०, वालिङ ।
    रोटरी क्लव अफ वालिङको १० औं पदस्थापन भएको छ । आज शनिबार रोटरी क्लव अफ वालिङको विशेष कार्यक्रमका बीच १० औं पदस्थापन कार्यक्रम सम्पन्न गरिएको हो । पदस्थापनसँगै क्लवका एशिष्टेण्ट गभर्नर रोमकान्त बरालले वर्ष २०२५÷०२६ वालिङका नवनिर्वाचित अध्यक्ष चुरामणी सुवेदीलाई सपथ ग्रहण गराउनुभयो ।IMG_3987.JPG
    कार्यक्रमको उद्घाटन गर्दै वालिङ नगर उप प्रमुख कविता तिवारी गैह्रेले रोटरी क्लवले अपेक्षा गरे अनुसार सहयोग गर्न नगरपालिका तत्पर रहेको बताउनुभयो । नगर उपप्रमुख गैह्रेले सामाजिक सेवामा समर्पित रोटरी क्लव अफ वालिङले कार्यक्रम लिएर आएको खण्डमा अपेक्षा गरे अनुसार सहयोग गर्न नगरपालिका तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्नुभएको हो । यसकासाथै क्लवले अपाङ्गसँग लक्षित कार्यक्रम गर्ने योजना अत्यन्त राम्रो रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले आफूपनि अपाङ्गको संयोजक पनि भएको नाताले पनि यो कार्यक्रमका लागि के आवश्यक पर्छ, नगरपालिकाको साथ रहने व्यक्त गर्नुभयो । रोटरी, लायन्स र जेसिज क्लवहरु समानान्तररुपमा अगाडि बढेको उहाँको भनाई छ । यसकासाथै रोटरी क्लव भद्र, शिष्ट र अनुशासित रहेको र सामाजिक सेवामा अनुकरणीय कार्य गर्दै आएको क्लव भएको नगर उपप्रमुख गैह्रेले औंल्याउनुभयो ।
    क्लवले आफ्नो कार्यकालको पूर्व सन्ध्यामा आज विहान वृक्षारोपण गरेर कार्य प्रारम्भ गरेको छ । क्लवले जिल्लाकै प्रसिद्ध धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल गह्रौंसुरको चण्डिथानमा विभिन्न प्रजातिका बिरुवा सामुहिकरुपमा रोपण गरिएको थियो । वृक्षारोपण कार्यक्रममा क्लवका निवर्तमान तथा पूर्व अध्यक्षहरु, नवनिर्वाचित समिति र सदस्यहरुको सहभागिता रहेको थियो । IMG_3850.JPG

    शनिवार, श्रावण ११ २०८२०६:५२:०१

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend