Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँले सञ्चालनमा ल्यायो आफ्नै फार्मेसी, अब औषधि किन्न बाहिर जान नपर्ने

पैयूँले सञ्चालनमा ल्यायो आफ्नै फार्मेसी, अब औषधि किन्न बाहिर जान नपर्ने

  • PNN Times
  • सोमवार, श्रावण १३ २०८२


  • पैयूँले सञ्चालनमा ल्यायो आफ्नै फार्मेसी, अब औषधि किन्न बाहिर जान नपर्ने

    पर्वत - पर्वत जिल्लाको पैयूँ गाउँपालिकाले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ। गाउँपालिकाको स्वामित्वमा रहेको पैयूँ आधारभूत अस्पतालमा साउन ११ गतेदेखि औपचारिक रूपमा फार्मेसी सेवा सुरु गरिएको हो।

    फार्मेसी सञ्चालनमा आएसँगै अब स्थानीयवासीले जटिल खालका औषधि किन्न अन्य बाह्य बजार धाउनु नपर्ने भएको छ। अस्पतालमै चिकित्सकको सिफारिस अनुसार आवश्यक औषधिहरू सहजै खरिद गर्न सकिने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिनुभयो।

    images

    उपाध्यक्ष याम कुमारी रानाले फार्मेसी सेवाको शुभारम्भले आम नागरिकको स्वास्थ्य पहुँचमा सहजता ल्याउने विश्वास व्यक्त गर्दै भन्नुभयो, “गाउँमै गुणस्तरीय औषधि सहज रूपमा उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो। फार्मेसीको सुरुवातले विशेषगरी टाढा–टाढाबाट आउने सेवाग्राहीलाई धेरै राहत मिल्नेछ।”

    पैयूँ गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत जीवन गैरेले यो कदम गाउँपालिकाको स्वास्थ्य सेवामा सुधार र प्रभावकारिता ल्याउने दिशातर्फको महत्वपूर्ण पहल भएको बताउनुभयो। उहाँले भन्नुभयो, “फार्मेसी स्थापनाले सहज, सुलभ र प्रभावकारी सेवा विस्तारमा ठूलो टेवा पुग्नेछ।”

    पैयूँ आधारभूत अस्पतालमा हाल २ जना चिकित्सक सहित अन्य २० जना  कर्मचारीको नियमित सेवा उपलब्ध रहेको छ भने अस्पतालमा डिजिटल मोबाइल एक्स-रेजस्ता उपकरण समेत जडान गरिएको छ। साथै, १० शैयाको अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ।

    स्थानीय तहले स्वास्थ्य सेवाको पहुँचलाई जनमैत्री बनाउन थालेसँगै यसले ग्रामीण क्षेत्रका नागरिकलाई ठूलो राहत दिन थालेको छ।

     

    सोमवार, श्रावण १३ २०८२०३:४१:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend