साउन १५, वालिङ ।
स्याङ्जामा चोरीका अभियुक्त पक्राउ परेका छन् । पुतलीबजार नगरपालिका वडा नम्वर ४, टक्सार काउलेस्थित नरबहादुर गुरुङको किराना पसलबाट १४ गते राती सामान चोरी गर्ने अभियुक्त पक्राउ परेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रहरीका अनुसार गुरुङको पसलबाट रियल गोल्ड वियर १७ वोत्तल, सोफि रक्सी १ कार्टुन, विभिन्न कम्पनीको चुरोट ९ प्याकेट, चाउचाउ २० प्याकेट र ५ के.जी. कुखुराको मासु चोरी भएको सूचनाका आधारमा अनुसन्धानका क्रममा पक्राउ परेका हुन् । चोरी गरिएका सामान सहित अभियुक्तहरु पक्राउ गरिएको हो ।
चोरी गर्ने अभियुक्त वडा नम्वर ६ काउलेका २२ वर्षीय तोरण परियार रहेका प्रहरीले जानकारी गराएको छ । अभियुक्तलाई आजै सम्मानित जिल्ला अदालत स्याङ्जाबाट नकवजनी चोरी मुद्दामा ७ दिनको म्याद थपको अनुमति लिई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
यसैबीच लागू पदार्थ सेवन गरी सवारी साधन चलाउने ३ (तीन) जना कारवाहीमा परेका प्रहरीले जनाएको छ ।
सडक दुर्घटना न्यूनीकरण एवं यात्रालाई थप सुरक्षित, म¥यादित र भरपर्दो बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय स्याङ्जाद्वारा २०८२ जेठ ६ गते देखि “ला.प.से. चेकिङ अभियान” सञ्चालन गरेको थियो ।
“ला.प.से. चेकिङ अभियान” अन्तर्गत २०८२ साउन १४ गते वडा प्रहरी कार्यालय वालिङबाट खटिएको टोलीले गल्याङ नगरपालिका–०३ चौकीलाईनमा निजी तथा सार्वजनिक सवारी साधनका चालकहरूलाई जाँच गरिएको थियो । यसैक्रममा लागू पदार्थ सेवन गरी सवारी साधन चलाएको पाईएका तीनजना चालक कार्यवाहीमा परेका हुन् ।
कार्यवाहीमा पर्नेहरुमा ग १ क ५०५७ नम्वरको टिप्पर चालक वालिङ ६ का २६ वर्षीय मिलन राना, ग १ ज २६९० नम्वरको जीप चालक गल्याङ ८ का २६ वर्षीय सनिप गाहा र लु ४३ प ९०६० नम्वरको मोटरसाइकल चालक गल्याङ २ गराङ्दीका २८ वर्षीय आशिष थापा रहेका छन् ।