बार्सिलोनालाई खेलाडी चोटका कारण निकै प्रभाब परेका बेला हाल दुई फरवार्ड चोट मुक्त हुदा च्याम्पियन लिग अन्तिम १६ नापोली विरुद्ध खेल अगाडी क्लबलाई राहत मिलेको छ ।
हाल क्लबका दुई खेलाडी एन्टोइन ग्रिजम्यान र उस्माने डेम्बेले चोट मुक्त भएका हुन् ए उनिहरु बार्सिलोनाको खेल प्रशिक्षणमा समेत फर्किसकेका छन् । चोटका कारण शल्यक्रिया गर्नुपरेको डेम्बेले नोभेम्बर देखि नै बार्सिलोनाको टिममा परेनन भने ग्रिजम्यान ला लिगाको अन्तिम तिर चोटको सामना गर्न पुगेका थिए ।
कोभिड १९ का कारण सतर्क अपनाउनु पर्ने र फुटबल संघको नियम पालना गर्दै दुवै खेलाडी हाल भिन्ना भिन्नै अन्य टिम संदस्यसङ्ग समेत जोडिएका छैनन् र प्रशिक्षण गर्दै छन् ।
नापोली विरुद्धको दोश्रो लेग बार्सिलोनाले अगष्ट ९ मा खेल्दै छ, पहिलो लेग बार्सिलोनाले नापोलीको घरेलु मैदानमा १-१ को बराबरी खेलेको थियो ।
विभिन्न खेलाडी चोटको सामना गर्दै गर्दा दुई फरवार्ड फर्किदा बार्सिलोनालकाई भने राहत मिलेको छ ।