Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङबाट हराएको स्कुटर भेटियो, चोरी गर्ने १ (एक) जना पक्राउ 

वालिङबाट हराएको स्कुटर भेटियो, चोरी गर्ने १ (एक) जना पक्राउ 

  • गोपाल जिटी
  • शुक्रवार, श्रावण २४ २०८२


  • वालिङबाट हराएको स्कुटर भेटियो, चोरी गर्ने १ (एक) जना पक्राउ 

                                                                           फोटो फाईल
    साउन २३, वालिङ ।
    स्कुटर र मोवाइल चोरी गर्ने एकजना पक्राउ परेका छन् । यही साउन २० गते वालिङ ८ को डुम्रिबोटबाट हराएको स्कुटर चोरी गर्ने एकजना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
    प्रहरीका अनुसार २० गते राती अन्दाजी साढे १ बजेको समयमा वालिङ ८ को डुम्रिबोटबाट ग ११ प ६०२५ नम्बरको होण्डा कम्पनीको डियो स्कुटर हराएको थियो । वडा प्रहरी कार्यालय वालिङमा स्कुटर हराएको सूचना गरिएको आधारमा खोजी गर्दा पर्वतको बिहादी गाउँपालिका ३ रातमाटाका राजकुमार परियारलाई वालिङ १० को गाहाखोलाबाट आज पक्राउ गरिएको हो ।
    पक्राउ परेका परियारले चोरी गरेको स्कुटर वालिङ १४ को फूलबारीमा लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो । स्कुटरको साथमा रेडमी कम्पनीको २ र रियलमि कम्पनीको १ गरी ३ थान मोवाइलसमेत बरामद गरिएको छ । पक्राउ परेका परियारलाई आवश्यक कानुनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

    शुक्रवार, श्रावण २४ २०८२०६:२६:३८

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend