Logo

शनिवार, कार्तिक १ गते २०८३

images

आस्थाको केन्द्र छाङ्छाङ्दी छायाँक्षेत्र शिवशक्तिपीठमा दर्शनार्थीहरुको आकर्षण बढ्दै

आस्थाको केन्द्र छाङ्छाङ्दी छायाँक्षेत्र शिवशक्तिपीठमा दर्शनार्थीहरुको आकर्षण बढ्दै

  • गोपाल जिटी
  • मंगलवार, श्रावण २८ २०८२


  • आस्थाको केन्द्र छाङ्छाङ्दी छायाँक्षेत्र शिवशक्तिपीठमा दर्शनार्थीहरुको आकर्षण बढ्दै

    साउन २७, वालिङ ।
    देशभरका शक्तिपीठहरुमध्ये स्याङ्जाको भीरकोट ४ स्थित छाङ्छाङ्दी शिव मन्दिर पनि एक हो । छाङछाङ्दी छायाँ क्षेत्र शिवशक्तिपीठको प्रचार प्रसार र महत्व उजागर हुँदैजाँदा दर्शनार्थीहरुको आकर्षण बढ्दै आएको छ ।
    छाङछाङ्दी छायाँ क्षेत्र शिवशक्तिपीठ सिद्धार्थ राजमार्गसँग जोडिएको हुँदा पनि दर्शनार्थीहरुका लागि सहज छ । 
    साउन महिना भगवान शिवको आराधना गर्ने र भगवानको कृपा प्राप्त गर्ने महिना हो । छायाँक्षेत्र शिवशक्तिपीठमा परम्परादेखि नै भक्तजनहरु दर्शनका लागि टाढा टाढादेखि आउने गर्दछन् । यहाँ गतवर्षको  साउन महिनामा दैनिक साँझ महाआरती बालिएको थियो । यसैगरी यो वर्षको साउन महिनामा पनि दैनिक साँझ महाआरती बाल्ने कार्यले निरन्तरता पायो । प्रत्येक सोमबार दर्शनार्थीहरुको विशेष उपस्थिति हुने गर्दछ । यसैबीच हिजो परेको अन्तिम सोमबार विहानैदेखि दर्शनार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । साँझको महाँआरतीका समयमा मन्दिर परिसरमा भक्तजनहरुको निकै भीड लागेको थियो ।IMG_4145.JPG
    भक्तजनहरुलाई यहाँको महत्व बुझाउँदै र बुझ्दै जाँदा दर्शनार्थीहरुको सहभागितामा वृद्धि आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्वर श्रेष्ठले जानकारी दिनुभयो । छाङ्छाङ्दी छायाँक्षेत्रको धार्मिक, सांस्कृतिक एवम् पौराणिक महत्व रहेको छ । यहाँ सतिदेवीको शेष अङ्ग पतन भएको र शिवशक्ति पीठकारुपमा रहेको श्री स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ ।
    गत वर्ष झैं अहिलेको साउन महिनाभर दैनिक साँझ महाआरती बालियो । भक्तजनहरुले पनि आफ्नो इच्छा अनुसार बाल्न सकिनेसमेत व्यवस्था गरिएको हो । जसले गर्दा भक्तजनहरुलाई भगवानको आराधनामा सहजता मिलेको अध्यक्ष श्रेष्ठको भनाई छ । 
    भगवानको नाममा र आ–आफ्ना पित्रिको सम्झनामा पवित्र शिव मन्दिरमा महाआरती बाल्न पाइने अवसरलाई धेरैजनाले उपयोग गर्नुभएको छ । श्रद्धालु भक्तजनहरुको चाहना र भक्तिभावलाई मध्येनजर गर्दै अहिलेको साउन महिनामा पनि दैनिक साँझको समयमा महाआरती बालिने गरिएको अध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो । 
    उपस्थित भक्तजनहरुबाट दान दक्षिणा पनि राम्रो सङ्कलन भएको छ । सङ्कलित रकम मन्दिर व्यवस्थापनमा लगानी गर्दैजाने र दर्शनार्थीका लागि थप सुविधायुक्त बनाउँदै लैजाने मन्दिर व्यवस्थापन समितिको जनाएको छ ।
    अब केहीदिन मात्र बाँकि रहेकाले श्रद्धालु भक्तजनहरुले साउनमासमा गरिने भगवान शिवको आराधनामा सहभागी भई पूण्यलाभ लिन मन्दिर व्यवस्थापन समितिको आग्रह छ ।IMG_4161.JPG

    मंगलवार, श्रावण २८ २०८२०९:०७:५९

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend