Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा बङ्गुरको मासुमा अफ्रिकन स्वाइन फिवर देखियो, ५० किलो भन्दा धेरै मासु नष्ट

वालिङमा बङ्गुरको मासुमा अफ्रिकन स्वाइन फिवर देखियो, ५० किलो भन्दा धेरै मासु नष्ट

  • गोपाल जिटी
  • बुधवार, श्रावण २९ २०८२


  • वालिङमा बङ्गुरको मासुमा अफ्रिकन स्वाइन फिवर देखियो,  ५० किलो भन्दा धेरै मासु नष्ट

    साउन–२८, वालिङ ।
    स्याङ्जाको वालिङस्थित एक मासु पसलमा रहेको बङ्गुरको मासुमा अफ्रिकन स्वाइन फिवर देखिएको छ । वालिङ ८ को मुख्य बजार मोडमा रहेको पदमबहादुर सोती (भुपेन्द्र सोती) मगरको मासु पसलमा रहेको बङ्गुरको मासुमा अफ्रिकन स्वाइन फिवर देखिएको हो । 
    अफ्रिकन स्वाइन फिवरको आशङ्कामा यही साउन २२ गते नमूना परीक्षणको लागि पोखरा पठाइएको थियो । परीक्षणबाट आर डि टी पोजेटिभ देखिएपछि पसलमा सिल्ड गरेर राखिएको मासु नष्ट गरिएको हो । 
    वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रे, प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीसहितको टीम, भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्याङ्जाका प्रमुख डा.रुपेश श्रेष्ठ तथा मातहतका कर्मचारी, उपभोक्ता मञ्च स्याङ्जाका अध्यक्ष राजेन्द्र मरासिनी, सुरक्षाकर्मी एवम् पत्रकारसहित सरोकारवालाहरुको उपस्थितिमा उक्त सिल्ड गरिएको मासु नष्ट गरिएको हो । केही दिन अगाडि सोतीको पसल नजिकै रहेको फर्ममा बङ्गुर मरेको थियो । मरेको बङ्गुरको मासु विक्रि गरेको जनगुनासो आएपछि आशङ्कामा पसलमा रहेको मासुको नमूना परीक्षणका लागि पोखरा पठाइएको थियो । पिसिआर रिपोर्ट नआइञ्जेल सम्मका लागि बाहिर राखिएका २ वटा फ्रिजमा शिल्ड गरिएको र मासु राख्ने भित्री कोठामासमेत ताला लगाइएको थियो । नमूना परीक्षणबाट आर डि टी पोजेटिभ देखिएपछि पसलमा सिल्ड गरेर राखिएको मासु सरोकारवालाहरुको उपस्थितिमा नष्ट गर्ने काम भएको हो ।WhatsApp Image 2025-08-12 at 5.25.01 PM (1).jpeg
    यसैक्रममा भरपर्दो बङ्गुरमात्र खरिद गर्न व्यवसायीहरुलाई डा. श्रेष्ठको आग्रह छ । अफ्रिकन स्वाइन फिबर फैलिएको छ कि छैन भन्ने सुझबुझ गरेर मात्र बङ्गुर खरिद गर्नुपर्ने हुन्छ । किनकि अरु रोगहरुको खोपहरु पाइन्छ र लगाइरहेका पनि छौं तर यो रोगको कुनै खोप बनेको छैन । नेपालमा प्रभावकारी उपचार नै छैन । यो रोगबाट बँच्नु नै बुद्धिमानी हो । व्यवसायी तथा बङ्गुर पालक किसानहरुको आय आर्जनलाई जोगाउनका लागि पनि चनाखो भैदिन सम्पूर्ण बङ्गुरपालक कृषकहरु र मासु व्यवसायीहरुलाई विशेष अनुरोध गर्न चाहन्छु, डा.श्रेष्ठले भन्नुभयो । 
    परीक्षणबाट आर डि टी पोजेटिभ देखिएपछि यहाँको मासुलाई पुर्ने र खोर निसंक्रणका लागि क्लोरिनको झोल छर्किने काम गरिएको छ । यसैगरी पसलमा पनि निसंक्रणका लागि क्लोरिनको झोल छर्किइएको छ । योसँगै डा. श्रेष्ठले सोती मगरलाई भन्नुभएको छ–अबको ४० दिनसम्म कुनैपनि बङ्गुर नराख्नुहोला । 
    यसकासाथै मासु खानेहरुले विचार गर्नुपर्ने देखिन्छ । पसलमा राखिएका मासुलाई पूर्व परीक्षण गर्ने व्यवस्था नभएकाले मासुका उपभोक्ताले नै ध्यान दिन आवश्यक छ । WhatsApp Image 2025-08-12 at 5.25.30 PM.jpeg

    बुधवार, श्रावण २९ २०८२०८:४३:५७

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend