Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँ अस्पताल स्वास्थ्य बिमाको प्रथम बिन्दु कायम

पैयूँ अस्पताल स्वास्थ्य बिमाको प्रथम बिन्दु कायम

  • PNN Times
  • बुधवार, श्रावण २९ २०८२


  • पैयूँ अस्पताल स्वास्थ्य बिमाको प्रथम बिन्दु कायम

    पर्वत । पर्वतको पैयूँ गाउँपालिकामा अवस्थित पैयूँ अस्पताल स्वास्थ्य बिमाको प्रथम बिन्दु कायम हुने भएको छ।

    नेपाल सरकारको स्वास्थ्य बिमा बोर्ड, बबरमहलको व्यवस्थापकीय निर्णयअनुसार पैयूँ अस्पताललाई प्रथम बिन्दु कायम गर्ने निर्णय गरिएको हो।

    images

    स्वास्थ्य बिमा बोर्डका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी विवेक मल्लका अनुसार, गाउँपालिकाको माग र अस्पतालको भौतिक संरचना लगायतका आधारमा यो निर्णय गरिएको हो। उहाँले भन्नुभयो, “हामी भदौ महिनाभित्र सम्झौता गर्ने तयारीमा छौँ।

    प्रथम बिन्दु कायम गर्ने निर्णय भइसकेको छ र छिट्टै सम्झौताको लागि बोलाउनेछौँ।”

    यसैबीच, पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले सामाजिक सञ्जालमार्फत पैयूँ अस्पताललाई स्वास्थ्य बिमा बोर्डको प्रथम बिन्दु कायम गरिएको जानकारी दिँदै पैयूँबासीहरूलाई यो खुसीको खबर सुनाउनुभएको छ।

    पैयूँ गाउँपालिकाको उपाध्यक्ष याम कुमारी रानाले  “यो निर्णयले हाम्रो गाउँपालिकाका बासिन्दालाई प्रत्यक्ष लाभ पुर्‍याउनेछ बताउनु भयो ।

    प्रथम बिन्दु कायम भएसँगै दक्षिण पर्वतका पैयूँ र बिहादी गाउँपालिकाका नागरिकलाई अब स्वास्थ्य बिमा सेवाका लागि वालिङ अस्पताल धाउनु पर्ने बाध्यता हटेको छ। यसअघि स्वास्थ्य बिमाको प्रथम बिन्दु वालिङ अस्पतालमा रहेको थियो।

    बुधवार, श्रावण २९ २०८२११:१८:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend