Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा साना किसान सहकारीले शेयर सदस्य भेटघाट कार्यक्रम ग¥यो

वालिङमा साना किसान सहकारीले शेयर सदस्य भेटघाट कार्यक्रम ग¥यो

  • गोपाल जिटी
  • सोमवार, भाद्र २ २०८२


  • वालिङमा साना किसान सहकारीले शेयर सदस्य भेटघाट कार्यक्रम ग¥यो

    भदौ २, वालिङ ।
    स्याङ्जाको वालिङमा साना किसान कृषि सहकारीले शेयर सदस्य भेटघाट कार्यक्रम गरेको छ । वालिङ ८ मा रहेको अकला नमूना साना किसान कृषि सहकारी संस्थाले महिलाहरुको पर्व तीजको अवसरमा शेयर सदस्य भेटघाट तथा दरखाने कार्यक्रम आज सोमबार गरेको हो ।IMG_4232.JPG
    सदस्य भेटघाट तथा दरखाने कार्यक्रमको समुद्घाटन संस्थाका अध्यक्ष पूण्यप्रसाद अर्यालले गर्नुभएको हो । कार्यक्रमको समुद्घाटन गर्दै संस्थाका अध्यक्ष अर्यालले सहकारीको शक्ति भनेको शेयर सदस्य रहेको बताउनुभयो । शेयर सदस्यहरुको लगानी र निर्णय नै सर्वोपरी हुने भएकाले सहकारी संस्था सदस्यहरुको शक्ति भएको अध्यक्ष अर्यालको भनाई थियो । उहाँले भन्नुभयो,“संस्थाले आयोजना गरेका कार्यक्रममा आउने र संस्थागत हितका लागि आ—आफ्ना कुराहरु खुलस्तरुपमा राख्नेगर्नुपर्छ । आँफूलाई लागेका कुरा राख्ने र के गर्दा राम्रो हुन्छ भन्ने सुझाव दिने गर्नुपर्छ । सञ्चालक समितिले पनि सोही अनुसार काम गर्दैजाने गर्दछ ।” केही सहकारीहरुका आर्थिक अनियमिताका कारण समस्या देखिएको साँचो हो, तर सबै सहकारीहरु त्यस्तो नरहेको अध्यक्ष अर्यालले व्यक्त गर्नुभयो । अकला नमूना साना किसान कृषि सहकारी आफ्नो मूल्य र मान्यता अनुसार सञ्चालनमा रहेकाले कुनै समस्या नरहेको उहाँको भनाई थियो । संस्थामा अधिकांश शेयर सदस्य महिलाहरु रहेकाले नजिकिदै गरेको नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा उहाँहरुको सम्मान स्वरुप दरखाने कार्यक्रमलाई जोडिएको अध्यक्ष अर्यालले उल्लेख गर्नुभयो । सहकारीमा सदस्य संख्या झण्डै २५ सयजना पुगिसकेकाले अबका वार्षिक साधारसभा प्रतिनिधीमूलकरुपमा गरिनेसमेत अध्यक्ष अर्यालले जानकारी गराउनुभयो ।
    कार्यक्रममा उपस्थित शेयर सदस्यहरुले सहकारी सम्बन्धी विषय समेटेर तीजका भाकामा गीति प्रस्तुतिहरु राखेका थिए । तीजका चर्चित गीतहरुमा गरिएका नृत्य र राष्ट्रिय कलाकार घनश्याम रिजालको प्रस्तुतिले कार्यक्रमलाई निकै रमाइलो गराएको थियो । IMG_4186.JPG

    सोमवार, भाद्र २ २०८२०५:५२:२४

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend