Logo

शनिवार, कार्तिक १ गते २०८३

images

जिल्ला  प्रहरी कार्यालय स्याङ्जाद्वारा पत्रकार भेटघाट

जिल्ला  प्रहरी कार्यालय स्याङ्जाद्वारा पत्रकार भेटघाट

  • गोपाल जिटी
  • बिहिवार, भाद्र ५ २०८२


  • जिल्ला  प्रहरी कार्यालय स्याङ्जाद्वारा पत्रकार भेटघाट

    भदौ ५, वालिङ ।
    जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आफ्नो नियमित कार्यक्रम अन्तर्गत पत्रकार भेटघाट कार्यक्रम गरेको छ ।
    वडा प्रहरी कार्यालय वालिङमा आयोजित कार्यक्रममा पत्रकार भेटघाट कार्यक्रम मार्फत जिल्ला प्रहरी कार्यालय स्याङ्जाले साउन महिनाको प्रगति प्रतिवेदन सार्वजनिक गरिएको छ । साउन १ देखि मसान्तसम्मको प्रतिवेदन आज विहिबार सार्वजनिक गरेको हो । WhatsApp Image 2025-08-21 at 4.11.55 PM.jpeg
    कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एस पि ददिराम न्यौपानेले हरेक दिन १ जना फरार प्रतिवादी पक्राउ गर्ने अभियान नै सञ्चालन गरेको जानकारी गराउनुभयो । सोही अनुसार पछिल्लो ३ महिनामा ८५ प्रतिवादी पक्राउ गरेको छ भने भदौको विहिबारसम्म थप ३ जनासमेत गरी ८८ जना फरार प्रतिवादी पक्राउ गरेको एस पि सुवेदीले उल्लेख गर्नुभयो ।
    एसपि न्यौपानेले यो साउन महिनामा मात्रै १८ पुरुष र ७ महिला गरी २५ जना फरार प्रतिवादी पक्राउ गरिएको जानकारी दिनुभयो । उनीहरुले ८ लाख २० हजार ६ सय ५५ जरिवाना तिरेका छन्  भने १० वर्ष ९ महिना २ दिन कैदका लागि कारागार चलान भएका छन् । त्यस्तै भदौको अहिलेसम्म ३ जना फरार प्रतिवादीबाट २ हजार १ सय ५० जरिवाना असुल भएको छ । 
    त्यस्तै साउन महिनामा २४ मुद्दा दर्ता भएकोमा २२ जना पक्राउ परेका छन् । ती मुद्दाहरु ज्यान मार्ने उद्योग, चोरी, नागरिकता सम्बन्धी, अभद्र व्यवहार, बैंकिङ कसूर, झण्डी, फुटकर ज्यान, भवितव्य ज्यान, लागू औषध, बालयौन दुरुपयोगसम्बन्धी रहेका छन् । साउनमा ४ जनाले आत्महत्या गरेका छन् ।
    पछिल्लो समय पुराना जघन्य अपराधसम्बन्धी मुद्दाहरुलाई सुक्ष्म रुपमा अनुसन्धान गरी ३ वर्षदेखि फरार रहेकालाईसमेत पक्राउ गरिएको छ । त्यस्तै नदिजन्य पदार्थ अवैध उत्खननमा संग्लन ६ सवारी साधन नियन्त्रणमा लिई ७४ हजार रुपैँया राजस्व संकलन गरेको छ, ती ६ मध्ये ३ वटा सवारी साधनको भने राजश्व खुलेको छैन् । साउनमा ४ लाख ३९ हजार २ सय ७९रुपैँयाको अवैध सामानहरु बरामद गरिएको छ ।
    यसैगरी एस पि सुवेदीका अनुसार ४८ हजार ७ सय ५८ अवैध गाँजाका बोटहरु प्रहरीले नष्ट गरेको छ भने लागू पदार्थ सेवन गरी सवारी चलाउने ७ जनालाई कारबाही गरिएको छ । यो एक महिनामा १ हजार ४ सय २३ सवारी ट्राफिक कारबाहीमा पर्दा ९ लाख ९९ हजार राजस्व संकलन भएको छ । त्यस्तै प्रहरीले ४ हजार ७ सय १७ जनालाई सेचनामूलक कार्यक्रम प्रदान गरेको छ भने ग्रामिण गस्ती कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ । श्रीमान् हत्या आरोपितलाई पक्राउ गरी अनुसन्धान पश्चात पुर्पक्षको लागि कारागार चलान भएको प्रहरी प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।
    त्यस्तै लागूपदार्थ बरामद गरेको छ भने चोरीका अभियुक्त पक्राउ, सुन तथा नगद चोरी भएको भनी झुट्टा सूचना दिने व्यक्ति प्रहरीको कारबाहीमा परेका छन् । प्रहरी प्रमुख एसपि न्यौपानेले भन्नुभयो, “घरका एक सदस्यले कमाएको पैसा अर्का व्यक्तिले अपचलन गरी चोरी भएको भनेर प्रहरीलाई झुुट्टा सूचना दिने व्यक्तिलाई हामीले कारबाही गरेका छौँ । यस्ता घटनाबाट हामीले चोरी भएको घटनालाई घरभित्रबाटै खोजतलास गर्नुपर्ने रहेछ भन्ने पाठ सिकेका छौँ ।”
    परिवारका एक व्यक्तिले कमाएको रकम आँफूले अपचलन गर्ने अनि प्रहरीलाई झुट्टा सूचना दिएर आँफु उम्कन खोज्ने परिपाटी समाजमा देखिन थालेको भन्दै यस्ता घटनामा प्रहरी सुक्ष्म रुपमा लागि परेको उहाँले बताउनुभयो । त्यस्तै स्टकुटर चोरी गर्ने, मोबाईल चोरी गर्ने व्यक्तिहरुसमेत कारबाहीमा परेका छन् भने भिषा र पासपोर्ट नभईकन अवैध रुपमा बसेका जापानिज नागरिकलाई अध्यागमन पठाईएको छ ।WhatsApp Image 2025-08-21 at 4.11.56 PM.jpeg

    बिहिवार, भाद्र ५ २०८२०४:५८:४३

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend