Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कुक तालिमका सहभागीलाई प्रमाणपत्र वितरण ।

कुक तालिमका सहभागीलाई प्रमाणपत्र वितरण ।

  • PNN Times
  • सोमवार, भाद्र ९ २०८२


  • कुक तालिमका सहभागीलाई प्रमाणपत्र वितरण ।

    भदौ, ९ भदौ, स्याङ्जा  
    कुक तथा किचन हेल्पर तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।
    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्डको सचिवालय र व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको आर्थिक सहयोग तथा कस्मोपोलिटन कन्सल्टेन्ट एण्ड टेक्निकल एजुकेशन सेन्टरको आयोजनामा भएको तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण आइतबार गरिएको हो ।
    प्रमाणपत्र वितरण गर्दै संस्थाका सल्लाहकार एवम् नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति केदार काफ्लेले दक्ष जनशक्तिको अभाव जताततै रहेको बताउनु भयोे । सीप भएमा मात्रै सहज रुपमा आम्दानी गर्न सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो,“सीपको सही प्रयोगल मात्रै जीवन यापन सहज हुन्छ र आम्दानी पनि राम्रो हुन्छ । स्वदेश तथा विदेश जहाँ रहे पनि सीप अपरिहार्य हुन्छ ।”
    कार्यक्रममा नेपाली कांग्रेस वालिङ नगर सभापति नेत्रप्रसाद पाण्डेले सीप नहुँदा विदेशमा नेपाली युवाहरुले धेरै समस्या भोग्नु परेको औंल्याउनु भयो । सीप सिकेर मात्रै विदेश जान उहाँको सुझाव छ । 
    सो अवसरमा पत्रकार महासंघ स्याङ्का अध्यक्ष प्रदिप कोईरालाले राम्रो रोजगारीका लागि उत्तिकै राम्रो सीप आवश्यक रहेकोमा जोड दिनुभयो । 
    कार्यक्रममा कुक तथा किचन हेल्परको एक महिने तालिममा सहभागी भएका ६० जना युवा तथा युवतीलाई प्रमाणपत्र वितरण गरिएको हो । 

    सोमवार, भाद्र ९ २०८२०९:५३:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend