Logo

शनिवार, कार्तिक १ गते २०८३

images

काफलडाँडा सडकमा वैकल्पिक मार्ग अपनाउन ८ नम्वर वडाको अनुरोध

काफलडाँडा सडकमा वैकल्पिक मार्ग अपनाउन ८ नम्वर वडाको अनुरोध

  • PNN Times
  • बुधवार, भाद्र ११ २०८२


  • भदौ ११, वालिङ ।
    वालिङदेखि काफलडाँडा रोग्दीठाँटी सडकमा गुड्ने सवारी साधनहरुले वैकल्पिक मार्ग प्रयोग गर्न ८ नं वडा कार्यालयले सूचना जारी गरेको छ । वालिङ ८ को भुङ्गानेदेखि सडक निर्माणको कार्य सुचारु भएकाले वैकल्पिक मार्ग चिथा भञ्ज्याङदेखि बोगटी डाँडाको बाटो प्रयोग गर्न वडा कार्यालयले सूचना जारी गरेको हो । निर्माण कार्य सम्पन्न नहुँदासम्म यही भदौ १२ गते विहिबारदेखि उक्त बाटोलाई वैकल्पिक मार्गकोरुपमा प्रयोग गर्न वडा कार्यालयले सूचना जारी गरेको छ ।
    वालिङ रोग्दीठाँटीका लागि चिथा भञ्ज्याङ छेउडाँडा बोगटीडाँडाको बाटोको प्रयोग गर्न वडा अध्यक्षद्वारा हस्ताक्षरित सूचना मार्फत जानकारी गराइएको हो । वालिङदेखि चिथाभञ्ज्यासम्म कालोपत्रेसहित पक्की सडक निर्माण हुने वडा कार्यालयले जनाएको छ । लामो समयदेखि निर्माण कार्य अलमलमा परेको यो सडक कालोपत्रेसहित पक्की बन्ने भएपछि यातायात व्यवसायी एवम् सरोकारवालाहरुलाई राहतको महसुर गराएको छ ।
    WhatsApp Image 2025-08-27 at 4.59.45 PM.jpeg

    बुधवार, भाद्र ११ २०८२०५:३२:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend