Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सामाजिक सञ्जाललाई १ हप्ताभित्र सूचीकरण गर्न सरकारको आह्वान

सामाजिक सञ्जाललाई १ हप्ताभित्र सूचीकरण गर्न सरकारको आह्वान

  • PNN Times
  • बिहिवार, भाद्र १२ २०८२


  • सामाजिक सञ्जाललाई १ हप्ताभित्र सूचीकरण गर्न सरकारको आह्वान

    सामाजिक सञ्जाललाई १ हप्ताभित्र सूचीकरण गर्न सरकारको आह्वान भदौ–१२, काठमाडौ । सरकारले सामाजिक सञ्जाललाई एक हप्ताभित्र सूचीकरण गर्न आह्वान गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० र सर्वोच्च अदालतको आदेश अनुसार सूचीकरण गर्न आह्वान गरेको हो । तोकिएको समयमा सूचीकरण नगरेका वा सम्पर्क नगरेका सामाजिक सञ्जाललाई नेपालभित्र प्रयोग गर्न नदिने निर्णय पनि सरकारले गरेको छ । सूचीकरण पूरा भएपछि पुनः सक्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । सर्वोच्च अदालतले केही दिनअघि स्वदेशी वा विदेशी सबै सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म सञ्चालनमा आउनुअघि दर्ता गर्नुपर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको थियो ।

    बिहिवार, भाद्र १२ २०८२०८:०१:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend