Logo

शनिवार, कार्तिक १ गते २०८३

images

युवा कवि न्यौपानेको “सिरौँला” विमोचन

युवा कवि न्यौपानेको “सिरौँला” विमोचन

  • PNN Times
  • शनिवार, भाद्र १४ २०८२


  • युवा कवि न्यौपानेको “सिरौँला” विमोचन

    भदौ १४, वालिङ ।
    युवा कवि पारिश्वर न्यौपानेको कविता सङ्ग्रह ‘सिरौँला’ विमोचन गरिएको छ । स्याङ्जाको वालिङ् नगरपालिका–१३ का युवा कवि न्यौपानेको पहिलो कवितासङ्ग्रह ‘सिरौँला’ आज शनिबार वालिङमा एक भव्य समारोहसहित विमोचन गरिएको हो । 
    कार्यक्रममा वरिष्ठ कवि एवम् महाकाव्यकार डा. नवराज लम्साल, गण्डकी प्रदेश सभा सदस्य भोजराज अर्याल, डा. शंकरप्रसाद गैरे, ध्रुवप्रसाद शर्मा पङ्गेनी, लक्ष्मीप्रसाद रेग्मी तथा लेखक न्यौपानेसहित संयुक्त रूपमा कवितासङ्ग्रह ‘सिरौँला’ पुस्तक सार्वजनिक गरिएको हो ।
    पुस्तक सार्वजनिक गरेसँगै महाकाव्यकार डा. नवराज लम्सालले कवितासङ्ग्रहमा संग्रहित कविताहरु अत्यन्त सरल र सबैको मन–मनमा भिज्ने खालको रहेको बताउनुभयो । सरल भाषा शैलीमा लेखिएका कविताले पाठकको मन जित्नसक्ने डा. लम्सालले उल्लेख गर्नुभयो । कविताले सरल भाषा शैलीसँगै आफ्नो इतिहास र भौगोलिकतालाई समेट्न सक्नुपर्छ । कुनै दल वा नेतालाई गाली वा आक्षेप लगाउने खालको हुन नहुने र त्यस्ता कविता कालजयी नहुने डा. लम्सालले औंल्याउनुभयो । 
    उहाँले भन्नुभयो, “ कविताले आफ्नो इतिहास र भौगोकितालाई समेट्न सक्नुपर्छ । कुनै दल वा नेतृत्वलाई गाली गर्ने कविता कालजयी हुँदैन । मानव जीवन र समाजलाई बोल्न सक्ने साहित्यिक सिर्जनाले दिगोपना पाउँछ ।” जसरी चामलबाट सिरौंला बनाउन परिश्रम लाग्छ त्यसैगरी युवा कवि न्यौपानेको सिर्जना पनि मिहिन र गुनिलो रहेको डा. लम्सालले व्यक्त गर्नुभयो । नेपाली साहित्यिक फाँटमा सिरौंला कृतिले गतिलो इट्टा थप्ने काम गरेको उहाँको भनाई थियो ।
    कार्यक्रममा प्रदेश सांसद भोजराज अर्यालले साहित्यले ईतिहासलाई जीवित राख्न र वर्तमान समयमा भएका गतिविधिलाई कलमको माध्यमबाट बाहिर ल्याउन अहम भूमिका खेल्ने बताउनुभयो । समाजलाई सहि मार्गमा हिडाउँनसमेत साहित्यले मद्दत गर्ने उल्लेख गर्दै उहाँले सिरौँला एक कविताको दस्ता भएको उल्लेख गर्नुभयो ।
    कार्यक्रममा डा. शंकरप्रसाद गैरे, ध्रुवप्रसाद शर्मा पङ्गेनी, लक्ष्मीप्रसाद रेग्मी र लेखक न्यौपानेसमेतले पुस्तकका बारेमा गहन विमर्श गरेका थिए । 
    वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियानका संस्थापक संयोजक युवाकवि मिलन समीरले सहजीकरण गर्नुभएको विमोचनसँगै आयोजित बृहत् सिर्जना वाचन कार्यक्रममा साहित्यकार सम्भु अर्याल, रेशम गोतामे पराजित, प्रेमबन्दु सुवेदी, लोकहरि पाण्डे क्षितिज, शोभाकान्त लम्साल, गुरु ढकाल, बिन्दुराम भण्डारी, स्मारिका अर्याललगायतले आ–आफ्ना रचना प्रस्तुत गरेका थिए ।
    रत्नटीका साहित्य संगमबाट प्रकाशित कविता सङ्ग्रह सिरौँलामा १ सय ११ वटा कविताहरु छन् । पहिलो खण्डमा १८, दोस्रोमा ५८, तेस्रोमा १३ र चौथो खण्डमा २२ वटा कविताहरु संग्रहित छन् । WhatsApp Image 2025-08-30 at 6.29.31 PM (2).jpeg

    शनिवार, भाद्र १४ २०८२०६:३९:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend