Logo

शनिवार, कार्तिक १ गते २०८३

images

जेन जी आन्दोलनका घाइते तथा मृतकका परिवारलाई अर्जुनचौपारी गाउँपालिकाले ५ लाख सहयोग गर्ने

जेन जी आन्दोलनका घाइते तथा मृतकका परिवारलाई अर्जुनचौपारी गाउँपालिकाले ५ लाख सहयोग गर्ने

  • PNN Times
  • मंगलवार, भाद्र २४ २०८२


  • जेन जी आन्दोलनका घाइते तथा मृतकका परिवारलाई अर्जुनचौपारी गाउँपालिकाले ५ लाख सहयोग गर्ने

    वालिङ,२४ भदौ–जेन जि समूहले हिजो सोमबार राजधानी काठमाडौलगायत देशभर प्रदर्शन गरे । १८ देखि २८ वर्ष उमेर समूहका युवाहरुको देशभरका विभिन्न शहरहरुमा जेन जि समूहका नाममा आन्दोलन गरेका थिए । शान्तिपूर्ण गरिने भनिएको आन्दोलन हिसांत्मक बन्दा केही युवाहरुको प्रहरीको गोली लागेर ज्यान जानुकासाथै धेरैजना घाइते भएका समाचारहरु आइरहेका छन् ।
    यसैबीच स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले पाँचबुँदे मागसहित जेन जी आन्दोलनका घाइते तथा मृतकका परिवारलाई राहतस्वरुप ५ लाख सहयोग गर्ने विज्ञप्ती मार्फत जनाएको छ ।
    सोमबार गाउँपालिका अध्यक्ष प्रकाश तिवारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जेन जि आन्दोलनमाथि भएको दमन र आक्रामणप्रति गहिरो चिन्ता, आक्रोस र दुःख प्रकट गरेकोे छ । लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा जेनजि पुस्ता र नागरिकहरुले आफ्ना आवाजहरु शान्तिपूर्ण रुपमा उठाउने अधिकारलाई दबाउने जुनसुकै प्रयास स्वीकार्य नभएको विज्ञप्तिमा उल्लेख छ ।
    आन्दोलनमा सहभागी नागरिकहरुमाथि गरिएको बल प्रयोग, दमन र अवरोधले राज्यप्रतिको विश्वासलाई गम्भीर रुपमा खल्बल्याएको भनिएको छ । साथै उक्त घटनामा गम्भीर घाईते भएकाप्रति सहानुभुति प्रकट गर्दै सीघ्र स्वास्थ्य लाभको कामना गर्दै आन्दोलनमा अमूल्य ज्यान गुमाउने युवाप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । आन्दोलनमा घाईते भएकाहरुको उपचार तथा मृतकका परिवारको राहतका लागि पालिकाले स्थापना गरेको सामाजिक उत्तरदायित्व कोषबाट ५ लाख सहयोग प्रदान गर्ने र अन्य आवश्यक परेमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । साथै पालिकाले सरकारप्रति ५ बुँदे मागसमेत राखेको छ । 
    आन्दोलनका क्रममा भएका सबै घटनाको तत्काल, निष्पक्ष र स्वतन्त्र छानविन गर्न, दोषीहरुलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिन, घाईतेहरुको उपचार र पुनस्र्थापनाको जिम्मा राज्यले लिन र नागरिकको शान्तिपूर्ण आन्दोलनमाथि बल प्रयोग अन्त्य गर्न माग गरिएको छ 
     
    यसैक्रममा जिल्ला सदरमुकाम पुतलीबजार र वालिङमा पनि जेन जि समूहले प्रदर्शन गरेका थिए । सामाजिक सञ्जाल बन्द, भ्रष्ट्राचार र बेथितिका विरुद्धमा युवाहरु सडकमा उत्रिएका थिए । आन्दोलनकारी समूहले निकालेको मोटरसाईकल ¥यालीले वालिङ बजार परिक्रमा गर्दै भ्रष्टाचार र बेथिति विरुद्धका नाराबाजीसहित प्रदर्शन गरेका थिए ।biyepti.jpg

    मंगलवार, भाद्र २४ २०८२०८:४९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend