Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानमा छलफल तथा अन्तरक्रिया

कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानमा छलफल तथा अन्तरक्रिया

  • PNN Times
  • मंगलवार, आश्विन ७ २०८२


  • कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानमा छलफल तथा अन्तरक्रिया

    वालिङ,७ असोज–विभिन्न विद्यालयका शिक्षकहरुद्वारा कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान उत्तरवाहिनीमा छलफल तथा अन्तरक्रिया गरिएको छ । यही असोज २१ देखि कार्तिक १९ गतेसम्म हुने कालीगण्डकी महामेला दामोदर महोत्सव–२०८२ को मिति नजिकिदै गर्दा विभिन्न विद्यालयका शिक्षकहरुद्वारा छलफल तथा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा स्याङ्जाको वालिङ, गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिका तथा रम्भा गाउँपालिका पाल्पाको विभिन्न विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।Pp.jpg
    कालीगण्डकी महामेला दामोदर महोत्सव–२०८२ का सन्दर्भमा गल्याङ नगर शिक्षा समिति सदस्य एवम् सार्वजनिक नमूना माविका प्रधानाध्यापक चुरामणी पाण्डेले कार्यक्रमको जानकारी गराउनुभएको थियो । कार्यक्रमको जानकारीसँगै सहभागीहरुले आ–आफ्नो तर्फबाट कालीगण्डकी महामेला दामोदर महोत्सव–२०८२ सफल पार्न पूर्ण सहयोग रहने प्रतिवद्धता जनाएका छन् । साथै उनीहरुले प्रतिष्ठानको नजिक रहेका विद्यालयहरुको सहयोग बेसी हुनुपर्ने र अरु विद्यालयहरुले पनि समय मिलाएर साथदिने बताएका छन् । अहिले मानवतायुक्त, संस्कारयुक्त शिक्षा र अनुशासन आजको आवश्यकता भएकाले महामेलाबाट विद्यार्थीहरुले यस्तो ज्ञान लिन पाउने अपेक्षा गरिएको उनीहरुको भनाई थियो ।  त्यसैले पनि महामेलामा बढि भन्दा बढि विद्यार्थीलाई स्वयम्सेवककारुपमा  सहभागी गराएर अवसरको सदुपयोग गर्नुपर्नेमा शिक्षकहरुको जोड छ । महामेलाका लागि प्रचार प्रसारलाई तिव्रता दिनुपर्ने र यसका लागि विद्यालयको वेभसाइट एवम् सामाजिक सञ्जालको अधिकतम प्रयोग गरेर आँफूहरु लाग्नेसमेत उनीहरुले जनाएका छन् ।WhatsApp Image 2025-09-23 at 6.19.02 PM.jpeg
    कार्यक्रमका अवसरमा कालीगण्डकी महामेला दामोदर महोत्सव–२०८२ मूल आयोजक समिति संयोजक चैतन्यकृष्णले उत्तरवाहिनी क्षेत्रको धार्मिक विकासको दीघकालीन सोंचसहित आयोजना गरिएको महामेला सफल पार्न हामी सबै आ– आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले महामेलामा सहभागी भएर नेपाल र भारतका विश्वविख्यात सन्त एवम् गुरुहरुद्वारा आशीवर्चनसहितको आध्यात्मिक लाभलिने अवसरलाई सम्पूर्ण महानुभावहरुलाई आग्रहसमेत गर्नुभयो । हामी सबैको साझा कार्यक्रम भएको र महाकुम्भ सरहको मेला भएकाले देश विदेशबाटसमेत धेरैजनाको उपस्थिति रहनेमा आँफू विश्वस्त रहेको उहाँको भनाई छ । चैतन्य कृष्णका अनुसार शास्त्रमा उत्तरतर्फ फर्केको नदिलाई सर्वतीर्थ भनिन्छ । कालीगण्डकी उत्तर भएर बगेकी हुनाले यिनलाई यहाँ उत्तरवाहिनी भनिएको हो । जहाँ ब्रह्ममयी गङ्गा नदी उत्तरवाहिनी मूर्ती भएर विद्यमान हुनुहुन्छ, त्यहाँ उहाँलाई दर्शन गर्दा, स्नान गर्दा र प्रणाम गर्दा समस्त पापहरुको नाश हुन्छ । त्यसैले संस्कृतिको अध्ययन गर्ने सबैले पटक पटक दर्शन गर्नुपर्ने उहाँको भनाई छ ।

    मंगलवार, आश्विन ७ २०८२०६:४२:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend