Logo

शनिवार, कार्तिक १ गते २०८३

images

आस्थाको केन्द्र गह्रौंकालिकामा उल्लेखनीय सहभागिता 

आस्थाको केन्द्र गह्रौंकालिकामा उल्लेखनीय सहभागिता 

  • PNN Times
  • मंगलवार, आश्विन १४ २०८२


  • आस्थाको केन्द्र गह्रौंकालिकामा उल्लेखनीय सहभागिता 

    असोज–१४, वालिङ ।
    नेपालका धार्मिक, सांकृतिक एवम् ऐतिहासिक महत्वका स्थलहरुमध्ये गह्रौंकालिका भगवती मन्दिर पनि एक हो ।  यो मन्दिर स्याङ्जाको वालिङ नगरपालिका वडा नम्वर–८, गह्रौंसुरमा रहेको छ । गह्रौंसुर वालिङ नगरपालिकाको छिमेकी गल्याङ नगरपालिकाको १० नम्वर वडासँग जोडिएको छ । यहाँ बडा दशैं तथा चैते दशैंको नवदुर्गामा विशेष पूजाआजा हुने गर्दछ । यो मन्दिरमा नवदुर्गाका समयमा विशेष पूजाआजा हुने परम्परादेखिकै प्रचलन हो । यसपटकको नवदुर्गामा पनि घटस्थापनाका दिनदेखि नै पूजाआजा एवम् दर्शनार्थीहरुको उल्लेख्यरुपमा उपस्थिति भएको छ । यसैबीच आज महाअस्ष्टमीका दिन विगतको तुलनामा निकै बाक्लो सहभागिता रहेको थियो ।
    गह्रौंसुरलाई गह्रौंकोट पनि भनिन्छ । यहाँ गह्रौंकालिका देवी, भगवतीलगाएतका मन्दिरहरु रहेकाले आस्थाको केन्द्रकारुपमा स्थापित छ । गह्रौंकोटमा दर्शन एवम् अवलोकनका लागि सधैं खुला रहन्छ भने अरु समयमा पनि तीथि मिलाएर पूजाआजा एवम् दर्शन गर्न सकिन्छ ।
    नेपाली इतिहासमा चौविसी राज्यका राजा दशरथ खाँणले वि.सं.१५५२ मा गह्रौँकालिकाको स्थापना गरिएको भनिन्छ । गह्रौँकालिका जागृत देवी भएकाले दर्शन एवम् भाकल गर्नाले मनोकाक्षा पूरा हुने जनविश्वास रहिआएको पाइन्छ । 
    गह्रौँसुर समुद्र सतहदेखि झण्डै १६ सय मिटरको उचाइमा अवस्थित छ । यहाँबाट स्याङ्जाका अधिकांश भागकासाथै पाल्पा, तनहुँ, कास्की, नवलपरासी, पर्वतलगायतका छिमेकी जिल्ला अवलोकन गर्न सकिन्छ । धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय महत्व रहेको गह्रौँसुरबाट उत्तरतर्फको मनमोहक हिमशृङ्खलाले आनन्दित पार्ने यहाँको अर्को विशेषता हो ।
    पूराना भौतिक संरचनालाई सुधार एवम् व्यवस्थित गर्दै र गह«ौंसुरको महिमा बुझ्दै र बुझाउँदै जाँदा पूजाआजा एवम् दर्शनका लागि थप आकर्षण बढेको देखिन्छ । योसँगै गह«ौंसुर वालिङ नगरिकै एक महत्वपूर्ण र पर्यटकीय स्थल बनेको छ ।
    पछिल्लो समयमा गरिएको साजसज्जा र व्यवस्थापनले धार्मिक आस्थावान एवम् पर्यटकहरुका लागि जिल्लाकै आकर्षक गन्तव्यकारुपमा विकसित भएकोे छ । भगवती र कालिकादेवीको मन्दिरमा आकर्षक प्रवेशद्वार, सुविधा सम्पन्न अतिथि गृहकोसाथमा खानेपानीको सहज उपलब्धता रहेको छ । यहाँको ऐतिहासिक महत्व झल्किने कोतघरसमेत रहेको छ भने धर्मशाला, चमेना गृह, शौचालय, पक्की सडक तथा पदमार्गको सुविधासमेत रहेको छ । यसैगरी सफा र सुन्दर मन्दिर परिसरमा दृश्यावलोकन केन्द्रको साथमा पूर्वाधारका आधारभूत सुविधाको उपलव्धताले पनि थप आकर्षणको केन्द्र बनेको छ । Garh.jpgWhatsApp Image 2025-09-30 at 4.10.39 PM.jpeg

    मंगलवार, आश्विन १४ २०८२०५:०८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend