Logo

शनिवार, कार्तिक १ गते २०८३

images

प्रथम वालिङ सडक खाना महोत्सव सुरु

प्रथम वालिङ सडक खाना महोत्सव सुरु

  • PNN Times
  • बुधवार, मंसिर १८ २०८२


  • प्रथम वालिङ सडक खाना महोत्सव सुरु

    वालिङ, १७ मङ्सिर–

    स्याङ्जाको वालिङमा प्रथम वालिङ सडक खाना महोत्सव सुरु भएको छ । “हाम्रो नगरमा हाम्रै खाना स्थानीय उत्पादन वृद्धि हाम्रो चाहना” भन्ने नाराका साथ मौलिक खाना प्रवद्र्धनको लागि आयोजित महोत्सवमा विभिन्न विद्यालय, समूह, तथा जातीय संघ संस्थाहरुले आ–आफ्ना परिकारका स्टलहरु राखेका छन् ।K1.jpgमहोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटीले स्याङ्जाको केन्द्रमा रहेको वालिङ नगरपालिकाले सीमित स्रोत र साधनका बाबजुत पनि नमुना कार्यहरु गर्दै आएको बताउनुभयो ।
    पछिल्लो समय नागरिकहरुमा भाषण प्रति भन्दा मनोरञ्जन र खेलकुदमा बढी आकर्षण हुने भन्दै वालिङ नगरपालिकाले समय सापेक्ष कार्यक्रमहरुको आयोजना गर्दै नागरिकको मन जित्ने प्रयास गरेको प्रमुख जिटीले औंल्याउनुभयो । स्थानीय मेला महोत्सवमा जैविक तथा मौलिक परिकार र उत्पादनहरुको बजारीकणसमेत हुने भएकाले समय समयमा स्थानीय उत्पादनलाई प्राथमिकता दिने यस्ता कार्यक्रमहरु भईरहनुपर्नेमा उहाँले जोड दिनुभयो । स्वस्थ नागरिका लागि घरघरबाट विषादी रहित उपजहरु उत्पादनमा नगरपालिकाले अभिप्रेरित गर्नुपर्नेमा प्रमुख जिटीको जोड छ ।K2.jpg
    कार्यक्रममा नगरप्रमुख कृष्ण खाँंणले सडक खाना महोत्सवले यहाँका नागरिकलाई फरकपन दिने प्रयास गरिएको र स्थानीय तथा रैथाने स्वाद र उत्पादन विक्रि गर्ने थलोको रुपमा विकास गर्न खोजिएको बताउनुभयो । वालिङलाई राष्ट्रियस्तरमा मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमासमेत मेला महोत्सवका माध्यमबाट चिनाउने काम भएको र त्यसमा अर्को एक इट्टा थप्ने प्रयास स्वरुप सडक खाना महोत्सवको आयोजना गरिएको नगर प्रमुख खाँणले व्यक्त गर्नुभयो । उहाँले यो सडक महोत्सवलाई सफल पार्न विभिन्न संघ संस्था तथा नगरबासीको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।K.jpg
    कार्यक्रममा उपप्रमुख कविता तिवारी गैह्रेले आधुनिक जीवनशैलीका कारण परम्परागत खाना तथा अर्गानिक उपजहरु ओझेलमा पर्ने अवस्था रहेको भन्दै त्यस्ता जीवनशैली र खानाको प्रवद्र्धनका लागि महोत्सवको आयोजना गरिएको उल्लेख गर्नुभयो । महोत्सवको पहिलो दिनमा विभिन्न विद्यालय तथा समूहहरुले आफ्ना नृत्य राखेका थिए भने चर्चित गायक श्याम राना, जगत गौडेल, तारा पौडेल, बत्तिकुमारी थापा, सम बस्यालका प्रस्तुति दर्शकहरुलाई निकै रमाइलो गराएको थियो ।
    स्थानीय खानाको संरक्षण तथा दस्ताबेजीकरण, विभिन्न जातजातिको सांस्कृतिक विविधताको प्रचारप्रसार, सडक खाना महोत्सव मार्फत पर्यटन नगरको ब्रान्डिङ, स्थानीय उत्पादनको बजार विस्तार, सामुदायिक सदभाव र पहिचान प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा २५ वटा स्टलहरु रहेका छन् ।
    यसैगरी भोलि १८ गते राष्ट्रिय कलाकारहरु राजु गुरुङ, सुनिता नेपाली, रविना गुरुङ तथा राष्टिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाका कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । यसैगरी विभिन्न विद्यालयहरु र स्थानीय व्याण्डहरुको प्रस्तुतिहरु पनि रहने छन् ।

    images

    बुधवार, मंसिर १८ २०८२०७:४८:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend