Logo

शनिवार, कार्तिक १ गते २०८३

images
"खेलकुदको माध्यमबाट युवा प्रतिभाको प्रवर्धन गर्ने लक्ष्य"

पैयूँमा अध्यक्ष कप प्रतियोगिताको भव्य शुभारम्भ

पैयूँमा अध्यक्ष कप प्रतियोगिताको भव्य शुभारम्भ

  • PNN Times
  • बुधवार, मंसिर १८ २०८२


  • पैयूँमा अध्यक्ष कप प्रतियोगिताको भव्य शुभारम्भ

    मंसिर १७, पर्वत ।  पर्वतको पैयूँ गाउँपालिकामा आजदेखि अध्यक्ष कप तथा राष्ट्रपति रनिङशिल प्रतियोगिता सुरु भएको छ । पैयूँ गाउँपालिकाको आयोजनामा सुरु भएको अध्यक्ष कप प्रतियोगिता मंसिर १९ गतेसम्म सञ्चालन हुनेछ ।
    गाउँपालिकाको समग्र खेलकुद क्षेत्रलाई उकास्न तथा विद्यालय स्तरबाटै नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको उद्घाटन गाउँपालिकाकी उपाध्यक्ष यामा कुमारी रानाले गर्नुभयो।

    उद्घाटन समारोहमा बोल्दै उपाध्यक्ष रानाले खेलकुदको महत्वमाथि जोड दिँदै भन्नुभयोः “खेलकुदले विद्यार्थीहरूलाई शारीरिक रूपमा स्वस्थ राख्ने मात्र होइन, अनुशासन र सामूहिक भावनाको विकास गर्न पनि सहयोग गर्दछ ।

    images

    आजका यी युवा खेलाडीहरू नै भोलिका राष्ट्रका गहना हुन्, जसले पैयूँको नाम राष्ट्रिय स्तरमा पु¥याउनेछन्।“ “यो अध्यक्ष कप गाउँपालिकाको खेलकुद विकासको एउटा कोशेढुङ्गा हो। सबै खेलाडीहरूलाई उच्च खेल भावनाका साथ प्रतिस्पर्धा गर्न र सफलता हासिल गर्न हार्दिक शुभकामना व्यक्त गर्दछु।“
    १० विद्यालय, ३० विधामा प्रतिस्पर्धा
    प्रतियोगितामा गाउँपालिकाभित्रका सामुदायिक र संस्थागत गरी १० वटा विद्यालयको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने यो कपमा एथलेटिक्स, भलिबल लगायत विभिन्न ३० विधामा प्रतिस्पर्धा हुने गाउँपालिकाले जनाएको छ ।

    कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले गाउँपालिकाले युवा र खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले भन्नुभयोः यस प्रतियोगिताले विद्यालयहरूबीचको सम्बन्धलाई मजबुत बनाउनुका साथै विद्यार्थीहरूलाई सिर्जनात्मक कार्यमा लाग्न प्रेरित गर्नेछ ।  

    b3dea941-b3d4-43de-acbf-0819e2f79e03.jpg
    शिक्षा अधिकृत गोविन्द राज सुवेदीले कार्यक्रम सञ्चालन गर्नुभएको उक्त उद्घाटन समारोहमा पैयूँ गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा समाजसेवी लगायतको भव्य उपस्थिति रहेको थियो । विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न सांस्कृतिक कार्यक्रमले उद्घाटन समारोह थप आकर्षक बनेको थियो ।

    56e0ff2b-9ca0-4e7b-afa5-db63cc426032.jpg

    बुधवार, मंसिर १८ २०८२०८:२२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend