Logo

शनिवार, कार्तिक १ गते २०८३

images

भीरकोटमा सातौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद सुरू

भीरकोटमा सातौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद सुरू

  • PNN Times
  • शुक्रवार, मंसिर २० २०८२


  • भीरकोटमा सातौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद सुरू

    वालिङ,१९ मङ्सिर ।
    स्याङ्जाको भीरकोटमा सातौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरू भएको छ । भीरकोट खेलमैदान, बयरघारीमा बिहिबार सुरू भएको प्रतियोगितामा  १२ सामुदायिक  र ५ संस्थागत गरी १७ वटा विद्यालयको सहभागिता रहेको छ ।   सहभागी विद्यालयका विद्यार्थीहरूले  २२ पदकका लागि प्रतिस्पर्धा गर्नेछ्न् । 
    कार्यक्रमको समुद्घाटन गर्दै नगर प्रमुख गोविन्द कर्माचार्यले खेलकुद प्रतियोगिता व्यवस्थित र अनुशासित तरिकाले सञ्चालन गर्न सरोकारवाला सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई आफ्नो विद्यालय र  पालिकाको नाम राख्ने गरेर खेलकुदमा सहभागी हुन आग्रह गर्नुभयो । आगामी वर्ष क्रीकेट र फुटबल प्रतियोगिता पनि समावेश गरिने नगर प्रमुख कर्माचार्यले जानकारी गराउनुभयो ।
    प्रतियोगितामा ट्रयाक तर्फ ८, फिल्डतर्फ ५ र भलिबल र कबड्डीगरी १५ खेलमा प्रतिस्पर्धा हुने सातौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८२ व्यवस्थापन समितिका  संयोजक एवम् नगर प्रवक्ता दिपेन्द्र के.सी. ले जानकारी दिनुभयो । विद्यार्थीहरूको मार्च पास  र भाग्योदय मा.वि. को पञ्चेबाजा सँगै सुरू भएको प्रतियोगितामा खेल सञ्चालन कार्यविधी अनुसार गरिने शिक्षा शाखा प्रमुख विष्णुबहादुर भट्टराईले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा करिब १ हजार जना विद्यार्थी खेलाडीको सहभागिता हुनेछ । 
    प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले विद्यार्थी र शिक्षकहरूलाई  विद्यार्थीको क्षमता र योग्यतालाई भरपुर सदुपयोग गरी खेल गतिविधिमा सहभागी हुन अनुरोध गर्नुभयो । खेलकुदले शारीरिक, मानसिक र संवेगात्मक विकास गर्ने भएकाले अनुशासित भएर खेलमा सहभागी हुन उहाँको सुझाव छ ।
    638cc9ca-eddf-4b7e-9226-e11635bde42f.jpeg

     

    images

    शुक्रवार, मंसिर २० २०८२०९:५१:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend