Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा तमू ल्होसारको अवसरमा भलिबल प्रतियोगिता

वालिङमा तमू ल्होसारको अवसरमा भलिबल प्रतियोगिता

  • PNN Times
  • शुक्रवार, पौष ११ २०८२


  • वालिङमा तमू ल्होसारको अवसरमा भलिबल प्रतियोगिता

    वालिङ, ११ पुस ।
    स्याङ्जाको वालिङमा पुस पन्ध्र एवम् तमू ल्होसारको अवसरमा भलिवल प्रतियोगिता आयोजना गरिएको छ । 
    तमु ह्युँला छोँज धि युवा परिवार वालिङ १ रामबाच्छाले तमुहरुको महान पर्व ल्होसारको अवसरमा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता एवम् विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।1000007119.jpg

    प्रतियोगिताको उद्घाटन गर्दै वालिङ नगरप्रमुख कृष्ण खांँणले संविधानमा प्रदत्त जनजाति समुदायको हकअधिकार अक्षरस कार्यान्वयन हुनुपर्ने बताउनुभयो । तमु समुदायको पवित्र पर्व ल्होसारको अवसरमा आयोजना गरिएका प्रतियोगिता सफलताको कामना गर्दै नगरप्रमुख खाँणले संविधानमा प्रदत्त जनजाति समुदायको हकअधिकार अक्षरस कार्यान्वयन हुनुपर्ने बताउनु भएको हो । नागरिकले जिताएर पठाउनुभएका जनप्रतिनिधिहरुले अपेक्षाकृत प्रगति गर्न नसकेपनि सीमित स्रोत र साधनका बाबजुद वालिङलाई समृद्ध बनाउने प्रयास गरिएको प्रमुख खांँणले व्यक्त गर्नुभयो । खेल र खेलाडीको विकासका लागि नगरपालिका प्रतिवद्ध रहेको र नयाँ पुस्ताले भाषण, शासन र आसन मन नपाराईरहेको अवस्थामा नागरिक मैत्रि काममा नगरपालिका अगाडि बढेको प्रमुख खांणको भनाई थियो ।
    प्रतियोगितामा पुरुष तर्फ १४ र महिला तर्फ ६ टिमले सहभागिता जनाएका छन् । पुरुषतर्फ प्रथमले १ लाख, द्वितीयले ५० हजार, तृतीयले २५ हजार, सान्त्वना हुनेले १५ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै महिलातर्फ प्रथमले २५ हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार नगद ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीहरुलाईसमेत नगद ट्रफि र प्रमाणपत्रले पुरस्कृत गरिने  छन् । आजदेखि सुरु भएको प्रतियोगिता १५ गतेसम्म सञ्चालन हुने र प्रतियोगिताकोसाथमा विविध सांस्कृतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

    images

    शुक्रवार, पौष ११ २०८२०५:५२:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend