Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँ गाउँपालिकाले विद्युत महसुल नबुझाउनेको नाम सार्वजनिक गर्ने, विद्युत काट्ने

पैयूँ गाउँपालिकाले विद्युत महसुल नबुझाउनेको नाम सार्वजनिक गर्ने, विद्युत काट्ने

  • PNN Times
  • शुक्रवार, पौष १८ २०८२


  • पैयूँ गाउँपालिकाले विद्युत महसुल नबुझाउनेको नाम सार्वजनिक गर्ने, विद्युत काट्ने

    पर्वत-पर्वतको पैयूँ गाउँपालिकाले विद्युत महसुल नबुझाउने उपभोक्ताहरूको विद्युत सेवा काट्ने निर्णय गरेको छ। गाउँपालिकाको निर्णयअनुसार महसुल नबुझाउने उपभोक्ताहरूको विद्युत सेवा काटिनुका साथै उपभोक्ताहरुको नामावलीसमेत सार्वजनिक गर्ने  गाउँपालिकाले जनाएको छ।

    पैयूँ गाउँपालिकाले जारी गरेको सूचनामा विद्युत महसुल संकलन कार्यलाई कडाइका साथ अघि बढाइनेछ र पैयूँ क्षेत्र सामुदायिक ग्रामीण विद्युतीकरणबाट विद्युत सेवा उपभोग गरिरहेका उपभोक्ताहरूलाई यही पौष ३० गतेभित्र अनिवार्य रूपमा विद्युत महसुल बुझाउन आग्रह गरिएको छ।

    हाल पैयूँ गाउँपालिका वडा नं. २, ३, ४, ५, ६ र ७ मा पैयूँ क्षेत्र सामुदायिक ग्रामीण विद्युतीकरणमार्फत विद्युत सेवा उपभोग गरिरहेका उपभोक्ताहरू रहेका छन्। ती उपभोक्ताहरूले हालसम्मको बक्यौता रकम तथा चालु महसुलसमेत गरी सम्पूर्ण विद्युत शुल्क पौष ३० गतेभित्र बुझाइसक्नुपर्ने गाउँपालिकाले जनाएको छ।


    तोकिएको समयसीमाभित्र विद्युत महसुल नबुझाउने उपभोक्ताहरूको नामावली सार्वजनिक गरिने र त्यस्ता उपभोक्ताहरूलाई विद्युत सेवाबाट बञ्चित गरिने चेतावनीसमेत दिइएको छ । विद्युत सेवा निरन्तर, व्यवस्थित र प्रभावकारी बनाउन सबै उपभोक्ताले समयमै महसुल बुझाउनुपर्नेमा गाउँपालिकाले जोड दिएको छ।
    suchana.jpg

    images

    शुक्रवार, पौष १८ २०८२०७:४२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend