Logo

शनिवार, कार्तिक १ गते २०८३

images

थप ७ क्रिकेटरमा देखियो कोरोना संक्रमण !!

थप ७ क्रिकेटरमा देखियो कोरोना संक्रमण !!

  • PNN Times
  • बुधवार, श्रावण २१ २०७७


  • थप ७ क्रिकेटरमा देखियो कोरोना संक्रमण !!

    पाकिस्तान राष्ट्रिय क्रिकेट टीमका थप सात जना खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    जुन २८ मा इङ्ग्ल्यान्ड टुरका लागि जाने तयारीमा रहेको पाकिस्तानका थप सात जना खेलाडीमा संक्रमण पुष्टि भएको पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले जनाएको छ ।

    images

    यसअघि तीन जनामा संक्रमण पुष्टि भएको थियो । यो सँगै पाकिस्तान टोलीका दश जनामा संक्रमण देखिएको छ ।

    कोरोना नेगेटिभ देखिएका खेलाडी भने इङ्ग्ल्यान्ड टुरमा हुनेछन् । पीसीबीका प्रमुख कार्यकाकारी अधिकृत वासिम खानले भने, ‘इङ्ग्ल्यान्ड टुर निकै नजिक छ । टुर तालिका बमोजिम हुनेछ ।’

    पाकिस्तानले इङ्ग्ल्यान्ड टुरमा तीन टेस्ट सिरिज र तीन टि–२० खेल्ने तय भएको छ । पाकिस्तानका तीन जना खेलाडीमा मात्रै कोरोना भाइरसको संक्रमण देखिँदा इङ्ग्ल्यान्ड क्रिकेट निर्देशक अस्ले गिल्सले भनेका थिए, ‘पाकिस्तान सुरक्षित साथ आउनेमा हामी आशावादी छौं ।’

    कोरोना लक्ष्यण नदेखिँदै पनि खेलाडीको रिर्पोट पोजेटिभ आएको बीबीसीले उल्लेख गरेको छ ।

     

    बुधवार, श्रावण २१ २०७७०३:४७:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend