Logo

शनिवार, कार्तिक १ गते २०८३

images

बिरुवामा सामाजिक सुरक्षा कार्यक्रममा कर्मचारीहरुलाई अनिवार्य आवद्ध गरिने

बिरुवामा सामाजिक सुरक्षा कार्यक्रममा कर्मचारीहरुलाई अनिवार्य आवद्ध गरिने

  • PNN Times
  • शनिवार, पौष २६ २०८२


  • बिरुवामा सामाजिक सुरक्षा कार्यक्रममा कर्मचारीहरुलाई अनिवार्य आवद्ध गरिने

    वालिङ–२६, पुस ।
    स्याङ्जाको बिरुवा गाउँपालिकाले कर्मचारीहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा अनिवार्य आवद्ध गर्ने भएको छ ।
    गाउँपालिकाका सबै विद्यालयमा कार्यरत कर्मचारी, शिशु शिक्षिका, कार्यालय सहयोगी र कार्यालयमा कार्यरत करार कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा यही माघ महिनादेखि अनिवार्य लागू गरिने गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध गर्नका लागि अन्तरक्रियासमेत गरिसकेको छ । फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी र सामाजिक सुरक्षा कोष कार्यालयका प्रवक्ता कृष्ण अधिकारीको सहजीकरणमा अन्तक्र्रिया कार्यक्रम गरिएको हो । 
    यसका लागि नेपाल सरकारले तोकेको आधारभूत तलवको ६०% लाई (रु.१२१७०) आधार मानी २०% पालिकाबाट र ११% योगदानकर्ताको तर्फबाट गरी मासिक ३१% सामाजिक सुरक्षा कोषमा जम्मा गरिनेछ । अब देखि औपचारिक क्षेत्रमा कार्यरत सबै शिक्षक कर्मचारीहरुलाई सो कार्यक्रममा आवद्ध गर्नका लागि अनिवार्य गरिने गाउँपालिकाले जनाएको छ । यो कार्यक्रम २०८२ माघ महिना बाट लागू हुनेछ । यसैगरी गत आ.व.२०८१÷०८२ बाट अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक हरुलाई सामाजिक सुरक्षा कार्यक्रममा गाउँपालिकाले आवद्ध गरिसकिएको छ ।Bb3.jpg

    शनिवार, पौष २६ २०८२०८:१८:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend