Logo

शनिवार, कार्तिक १ गते २०८३

images

गाउँपालिकामै उत्कृष्ट अंक ल्याएकी पैयूँकी दिपा सम्मानित

गाउँपालिकामै उत्कृष्ट अंक ल्याएकी पैयूँकी दिपा सम्मानित

  • PNN Times
  • आइतवार, पौष २७ २०८२


  • गाउँपालिकामै उत्कृष्ट अंक ल्याएकी पैयूँकी दिपा सम्मानित

    पैयूँ, पर्वत । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षामा गाउँपालिकाभरिमै उत्कृष्ट अंक ल्याएकी पैयूँकी दिपा काफ्ले सम्मानित भएकी छन ।

    पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर २ मा रहेको श्री निर्मल जनसेवा माध्यमिक विद्यालयकी छात्रा दिपा काफ्ले गाउँपालिका भरिमै उत्कृष्ट अंक ल्याएर सम्मानित भएकी हुन् । काफ्लेले कक्षा १२ को परीक्षामा ३.७३ जिपीएल्याई ऐतिहासिक सफलता प्राप्त गरेपछि उनलाई विद्यालयले सम्मान गरेको हो ।

    images

    विद्यालयले आफ्नो ६७औँ वार्षिकोत्सव तथा ३६औँ अभिभावक दिवसको अवसरमा दिपालाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एवं पैयूँ गाउँपालिका उपाध्यक्ष याम कुमारी रानाले उनलाई खादा ओढाएर सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

    आफ्नो सफलताको श्रेय गुरु र अभिभावकलाई दिँदै दिपाले मेहनत गरे गाउँकै विद्यालयबाट पनि उत्कृष्ट नतिजा सम्भव रहेको बताइन् । उनको यो उपलब्धिले सम्पूर्ण पैयूँ क्षेत्रकै गौरव बढाएको भन्दै स्थानीय शिक्षाप्रेमीहरूले प्रशंसा गरेका छन् ।

    आइतवार, पौष २७ २०८२०८:३५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend