Logo

शनिवार, कार्तिक १ गते २०८३

images

प्रमाण साप्ताहिक पत्रिका र अनलाईन पोर्टल सार्वजनिक

प्रमाण साप्ताहिक पत्रिका र अनलाईन पोर्टल सार्वजनिक

  • PNN Times
  • सोमवार, माघ १३ २०८२


  • प्रमाण साप्ताहिक पत्रिका र अनलाईन पोर्टल सार्वजनिक

    वालिङ–१२ माघ ।
    प्रमाण मिडिया गु्रप वालिङले साप्ताहिक पत्रिका र अनलाईन न्युज पोर्टल सार्वजनिक गरेको छ । सत्य, तथ्य र प्रमाण एकैसाथ भन्ने नाराका साथ प्रमाण मिडिया गु्रपले साप्ताहिक पत्रिका र अनलाईन आज एक कार्यक्रमबीच सार्वजनिक गरेको हो । सोमबार नगरपालिका सभाहलमा नगरप्रमुख कृष्ण खांँणले प्रमाण न्युज साप्ताहिक पत्रिकाको विमोचन र प्रमाण न्युज डटकम अनलाईन सार्वजनिक गर्नुभएको हो ।IMG_2341.JPG

    राज्यको चौँथो अङ्गको स्थानमा राखिएको सञ्चार जगतले देशका हरेक आन्दोलन र उपलब्धीमा महत्वपूर्ण भूमिका खेल्दै आएको नगरप्रमुख खांँणले बताउनुभयो । बढ्दो प्रविधिको युगमा सञ्चार जगत पनि प्रविधिमैत्रि बन्दै जानुपर्ने र समाजमा सत्य, तथ्य सूचना प्रवाह गर्दै नागरिकलाई सूसुचित गराउनुपर्ने नगरप्रमुख खांँणले उल्लेख गर्नुभयो ।   
    कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका पूर्व अध्यक्ष ओमप्रकाश शर्मा, प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य हिमलाल पराजुली, जनपत्रकार महासंघ केन्द्रिय सदस्य धु्रव गौडेल, नेपाल पत्रकार महासंघ जिल्ला कोषाध्यक्ष तथा वालिङ टेलिभिजनका सञ्चालन जोगराज पाठक, प्रेस सेन्टर स्याङ्जाका अध्यक्ष केपि खनाललगायतले अवसर र सुनौतीसंँगै भएको सञ्चार क्षेत्रलाई मर्यादित बनाउँदै सभ्य समाज निर्माणका लागि मिडियाले भूमिका खेल्ने औंल्याए ।
    कार्यक्रममा प्रमाणन्युज डटकमका कार्यकारी निदेर्शेक मोहन गुरुङले चालु आर्थिक वर्षसम्म जिल्ला प्रशासन कार्यालयमा दैनिक १, साप्ताहिक १९, पाक्षिक १, द्वैमासिक १ र त्रैमासिक २ गरी २४ पत्रिका दर्ता गरिएपनि नियमित रुपमा प्रकाशन हुने संख्या निकै कम रहेको उल्लेख गर्नुभयो । प्रमाण मिडिया गु्रपले सत्य, तथ्य र प्रमाणका साथ आफ्नो सामग्रीहरु प्रकाशन गर्ने भन्दै मिडियाको लक्ष्य, उद्देश्य र भावी योजनाका बारेमा जानकारी गराउनुभएको थियो । 

    images

    सोमवार, माघ १३ २०८२०६:३३:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend