Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँका अतिसंवेदनशील तिन मतदान केन्द्र

पैयूँका अतिसंवेदनशील तिन मतदान केन्द्र

  • PNN Times
  • शनिवार, फाल्गुण १६ २०८२


  • पैयूँका अतिसंवेदनशील तिन मतदान केन्द्र

    पर्वत। जिल्ला प्रहरी कार्यालय पर्वतले पैयूँ गाउँपालिकाका तीन वटा मतदान केन्द्रलाई अतिसंवेदनशील मतदान केन्द्रका रूपमा वर्गीकरण गरेको छ। आसन्न निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित बनाउन उक्त निर्णय गरिएको जनाइएको छ।

    कार्यालयद्वारा जारी सूचनामा सम्बन्धित मतदान अधिकृतहरूलाई आफ्नो मतदान केन्द्रमा खटिएका नेपाल प्रहरीको सुरक्षा टोली कमाण्डरसँग आवश्यक समन्वय र सम्पर्क राख्न आग्रह गरिएको छ।

    images

    यि हुन अतिसंवेदनशील मतदान केन्द्रहरू:

    • पैयूँ गाउँपालिका–५: चिसापानी वडा कार्यालय
    • पैयूँ गाउँपालिका–६: बिनु माध्यमिक विद्यालय
    • पैयूँ गाउँपालिका–७: जनता माध्यमिक विद्यालय

    यी तीन केन्द्रलाई सुरक्षा दृष्टिकोणले उच्च सतर्कतामा राखिएको हो।

    त्यस्तै, पैयूँ गाउँपालिकाका बाँकी चार वडाका मतदान केन्द्रहरूलाई संवेदनशील श्रेणीमा राखिएको कार्यालयले जनाएको छ।

    निर्वाचन सुरक्षालाई प्राथमिकता दिँदै सुरक्षा निकायले आवश्यक तयारी तथा समन्वयलाई तीव्र बनाएको बताइएको छ।

    IMG_0186.jpeg

    शनिवार, फाल्गुण १६ २०८२०५:१२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend