Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँमा  प्यान र राजस्व सेवा सुरु: गाउँपालिका र करदाता कार्यालयबीच सम्झौता

पैयूँमा  प्यान र राजस्व सेवा सुरु: गाउँपालिका र करदाता कार्यालयबीच सम्झौता

  • PNN Times
  • मंगलवार, चैत्र २४ २०८२


  • पैयूँमा  प्यान र राजस्व सेवा सुरु: गाउँपालिका र करदाता कार्यालयबीच सम्झौता
     
    पैयूँ, पर्वत । पर्वतको पैयूँ गाउँपालिकामा चैत २३ गतेदेखि कर तथा राजस्वसँग सम्बन्धित सेवाहरू औपचारिक रूपमा सञ्चालनमा आउने भएको छन्। सेवा सञ्चालनका लागि गाउँपालिका र करदाता सेवा कार्यालय बागलुङबीच औपचारिक कार्य सम्झौता समेत सम्पन्न भएको छ। 
    पहुँच र सहजताको नयाँ सुरुवात सम्झौता अनुसार अब पैयूँका बासिन्दाले व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (PAN) दर्ता, बायोमेट्रिक, राजस्व दाखिला तथा अन्तःशुल्क इजाजतपत्र नवीकरण जस्ता महत्त्वपूर्ण सेवाहरू आफ्नै गाउँपालिकाबाट प्राप्त गर्नेछन्।
     
    कार्यक्रममा बोल्दै पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले नागरिकलाई घरदैलोमै सरकारी सेवा पुर्‍याउनु नै वास्तविक संघीयता भएको बताउनुभयो। अध्यक्ष ठकुरीले भन्नुभयो, "संघीयता भनेकै नागरिकले आफ्नै दैलोमा सरकारको उपस्थिति महसुस गर्नु र सामान्य कामका लागि पनि केन्द्र धाउनुपर्ने बाध्यता हट्नु हो। हाम्रा व्यवसायी र सर्वसाधारण प्यान दर्ता र कर तिर्नका लागि मात्रै ठूलो खर्च गरेर सदरमुकाम वा बागलुङ जानुपर्ने सास्ती अब अन्त्य भएको छ। वास्तविक संघीयताको अभ्यास पनि यही हो।"
     
    त्यस्तै, करदाता सेवा कार्यालय बागलुङका प्रमुख कपिल सिल्वालले कर प्रशासनलाई प्रविधिमैत्री र विकेन्द्रीकृत बनाउने सरकारको नीति अनुसार पैयूँमा यो सेवा विस्तार गरिएको जानकारी दिनुभयो। प्रमुख सिल्वालले भन्नुभयो, "स्थानीय सरकारसँगको सहकार्यमा हामीले करदातालाई सहज बनाउन खोजेका हौं। भोलिदेखि नै प्यान दर्तादेखि अन्तःशुल्क नवीकरणसम्मका सबै प्राविधिक कार्यहरू यहीँबाट सुरु हुनेछन्।"
     
     सम्झौता लगत्तै सोमबारदेखी नै यी सेवाहरू सुचारु हुने गाउँपालिकाले जनाएको छ। यो व्यवस्थाबाट विशेषगरी स्थानीय व्यापारी, शिक्षक, कर्मचारी र साना उद्यमीहरू प्रत्यक्ष लाभान्वित हुनेछन्। गाउँपालिकाले सम्पूर्ण सेवाग्राहीलाई आवश्यक कागजातसहित कार्यालयमा उपस्थित भई सेवा लिन आह्वान गरेको गाउँपालिकाबाट उपलब्ध हुने मुख्य सेवाहरू:
    सूचनाका अनुसार अब करदाताहरूले निम्न सेवाका लागि आन्तरिक राजस्व कार्यालय धाइरहनु पर्ने छैन:
    * स्थायी लेखा नम्बर (PAN) जारी गर्ने: नयाँ व्यक्तिगत प्यान कार्ड बनाउने कार्य।
    * व्यावसायिक प्यान (Business PAN): व्यवसायलाई आयकरमा दर्ता गर्ने कार्य।
    * संशोधन कार्य: प्यान दर्तासँग सम्बन्धित विवरणहरू सच्याउने वा परिमार्जन गर्ने कार्य।
    * प्यान रूपान्तरण: दर्ता खारेजी भएका व्यावसायिक प्यानलाई व्यक्तिगत प्यानमा रूपान्तरण गर्ने कार्य।

    मंगलवार, चैत्र २४ २०८२१०:५०:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend