पैयूँ, पर्वत । पर्वतको पैयूँ गाउँपालिकाले असार ३० गते शोक बिदा दिने भएको छ । पैयूँ गाउँपालिकाको पूर्व उपाध्यक्ष जसमती गुरुङको असामयिक निधनमा शोक व्यक्त गर्न गाउँपालिकाले आगामी असार ३० गते मंगलबार शोक बिदा दिने भएको हो ।
पूर्व उपाध्यक्ष गुरुङको निधनप्रति पैयूँ गाउँपालिका परिवारले गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीद्वारा जारी विज्ञप्तिमा स्वर्गीय गुरुङको दिवंगत आत्माको चिर शान्तिका लागि कामना गरिएको छ।
सो दिन पैयूँ गाउँपालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालयहरू बन्द रहनेछन्। यद्यपि, अस्पताल र शैक्षणिक संस्थाहरू भने यथावत रूपमा सञ्चालन हुने विज्ञप्तिमा जनाइएको छ।