पैयूँ (पर्वत) । पर्वतको पैयूँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेको सरुवा भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको हालैको निर्णय अनुसार गैरेको गृह मन्त्रालय अन्तर्गत सरुवा भएको हो।
गैरेको सरुवा भएसँगै पैयूँ गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी चक्रपाणी भण्डारीले पाउने भएका छन्। भण्डारी यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत कार्यरत शाखा अधिकृत हुन्।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासनिक हेरफेर अन्तर्गत यो सरुवा प्रक्रिया अघि बढाएको हो।