Logo

शनिवार, कार्तिक १ गते २०८३

images

आसफाल्ट प्रविधिबाट कालोपत्रे हुँदै पैयूँ गाउँपालिकाको कार्यालय जोड्ने मुख्य सडक

आसफाल्ट प्रविधिबाट कालोपत्रे हुँदै पैयूँ गाउँपालिकाको कार्यालय जोड्ने मुख्य सडक

  • PNN Times
  • मंगलवार, श्रावण १२ २०८३


  • आसफाल्ट प्रविधिबाट कालोपत्रे हुँदै पैयूँ गाउँपालिकाको कार्यालय जोड्ने मुख्य सडक

    पर्वत – पैयूँ गाउँपालिकाको कार्यालयदेखि हातेमालो चोक हुँदै पैयूँ आधारभूत अस्पतालसम्म जोड्ने मुख्य सडक अत्याधुनिक आसफाल्ट (Asphalt) प्रविधिबाट कालोपत्रे गर्ने कार्य तीव्र गतिमा भइरहेको छ।

    गाउँपालिकाको आफ्नै झन्डै रु. २ करोड लगानीमा निर्माण भइरहेको यस सडकलाई गुणस्तरीय, दिगो र आधुनिक बनाउन नेपालमै उत्कृष्ट मानिने आसफाल्ट प्रविधि प्रयोग गरिएको हो।

    images

    पैयूँ गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले गाउँपालिकाको दीर्घकालीन पूर्वाधार विकास योजनाअन्तर्गत यो सडकलाई प्राथमिकतामा राखिएको बताउँदै गुणस्तरीय सडक निर्माणमार्फत स्थानीयवासीलाई सुरक्षित, सहज र भरपर्दो यातायात सुविधा उपलब्ध गराउने उद्देश्य रहेको उल्लेख गर्नुभयो। उहाँले निर्धारित समयभित्र निर्माण सम्पन्न गरी जनतालाई विकासको प्रत्यक्ष अनुभूति गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

    उपाध्यक्ष याम कुमारी रानाले प्रशासनिक केन्द्र, मुख्य बजार र पैयूँ आधारभूत अस्पताललाई जोड्ने यो सडक स्थानीयवासी, सेवाग्राही, विद्यार्थी तथा बिरामीका लागि निकै महत्त्वपूर्ण रहेको बताउनुभयो। सडक निर्माण सम्पन्न भएपछि आवतजावत सहज हुनुका साथै सेवा प्रवाह थप प्रभावकारी हुने र स्थानीय आर्थिक गतिविधिलाई समेत टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

    निर्माण कार्य द्रुत गतिमा अघि बढेसँगै स्थानीयवासीमा उत्साह छाएको छ।

    मंगलवार, श्रावण १२ २०८३०६:५७:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend